काठमाडौं । गीतसंगीत र नृत्यलाई पछ्याउनेहरुले ‘कार्टुन्ज क्रु’ का दुई सदस्य सरोज अधिकारी र आश्मा विश्वकर्माका बारेमा सायदै थाहा नहोला ।
उनीहरुले अभिनय गरेको गीतहरु युट्युब ट्रेन्डिङमा प्राय छाइरहेका हुन्छन् । पछिल्लो समय गीतभन्दा पनि उनीहरुको प्रेमको बारेमा बारेमा बढी चर्चा भइरहेको हुन्छ ।
हालै सार्वजनिक यट्युब अन्तर्वार्तामा पनि उनीहरुले आफूहरुको विवाह सम्भव हुनसक्ने संकेत गरेका छन् । आश्माले त आफूहरुलाई एकअर्का नभइ नहुने समेत बताइन् । ‘करिअरको शुरुवातदेखि नै सँगै काम गरिरहेका छौं, हाम्रो जोडीलाई सबैले मनपराइदिनुहुन्छ’, आश्माले भनिन्, ‘हामी राम्रो साथी हो, हामीलाई एकअर्कालाई एकदमै चाहन्छौं ।’
आश्माले यति भन्दै गर्दा आफूहरुको विवाहको सम्भावना मिडियाले मात्र देख्ने गरेको आरोप लाउन सरोजले भ्याइहाले । दर्शकहरुले पनि राम्रैको लागि सोचिरहेको लाग्ने उनले भविष्यमा बिहे हुने वा नहुनेबारे अन्यौलता व्यक्त गरे ।
कुराकानीकै क्रमा उनीहरुले आफूहलाई चलचत्रिको अफर आइरहेको पनि बताए । आश्माले भनिन्, ‘फिल्मको अफर त आइरहेको हुन्छ तर कहिले समय नभ्याउने, कहिले स्क्रिप्ट मन नपर्ने कारणले गरिरहेका छैनौं ।’ आश्माले यति भन्दै गर्दा सरोजले थप्न भ्याइहाले, ‘मेन भनेको त स्क्रिप्टै त होनी !’
उनीहरुले भर्खरै आफ्नो नयाँ गीतको सुटिङ समेत सकेका छन् । ‘मायालु तिमि कता छौ’ बोलको गीतमा स्मिता दाहाल / राजनराज शिवाकाेटीको स्वर, स्वयं शिवाकाेटीकै संगीत र दिनेश थपलियाको शब्द छ । गीतलाई सरोज ओलीको शुभ मिडिया होमले शुक्रबार सार्वजनिक गर्दैछ ।