उमा अधिकारीकाठमाडौं । आमा बंगलामुखी फिल्म प्रोडक्सनले चलचित्र ‘लक्का जवान’ चलचित्र निर्माण गर्ने भएको छ । शिवहरि पौडेलको डेब्यूनिर्देशन चलचित्रको बुधबार औपचारिक घोषणा गरिएको हो ।
चलचित्रमा दिलिप रायमाझी, प्रियंका कार्की, सलोन वस्नेत, वर्षा सिवाकोटी, किरण के.सी, शिवहरि पौडेल, राजाराम पौडेल ,सरोज खनाल, रमेश के.सी लगायतका कलाकारले अभिनय गर्नेछन् ।
निर्माण घोषणामा नै चलचित्रको प्रदर्शनी मिति तोकिएको ‘लक्का जवान’ चैत्र ७ गतेबाट प्रर्दशनीमा आउनेछ । चलचित्रको छायांकन चित्लाङ र दामनमा गरिने निर्माण पक्षले जनाएको छ ।
निर्माण घोषाणा समारोहमा चर्तित कलाकार मदन कृष्ण श्रेष्ठ ,हरिवंस आचार्य, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, निमल शर्मा, आकाश अधिकारी लगायतको बाक्लो उपस्थिति थियो ।