अनु आचार्यरसुवा । माघे संक्रान्तिको अवसरमा सोमबार रसुवा र नुवाकोटमा ४० हल गोरु जुधेका छन् ।
हरेक वर्ष माघ १ गते सञ्चालन हुँदै आएको गोरु जुधाई मेलामा यो वर्ष पनि रसुवाको बेत्रावति, नुवाकोटको तारुका र पञ्चकन्यामा गरि ४० हल गोरु जुधाइएको हो । रसुवा र नुवाकोटको सिमा बेत्रावतीमा १० हल, नुवाकोटको तारुकामा २० हल र पञ्चकन्यामा १० हल गरी ४० हल गोरु जुधेका छन् ।
बेत्रावतीमा गोसाइँकुण्ड युवा क्लब, तारुकामा माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्था र पञ्चकन्यामा नवप्रतिभा युवा समूहले गोरु जुधाई कार्यक्रम संचालन गरेका हुन् । नेपाल र तिब्बतबिच बीं.सं. १८४९ असोज १७ गते वेत्रावती सन्धी भएको खुसियालीमा मनाइने गोरु जुधाइले ग्रामिण पर्यटन प्रर्बद्घन गर्न सहयोग पुग्ने गरेको छ ।
बीं.सं. १८४९ सालदेखि रसुवा र नुवाकोटको संगमस्थल वेत्रावतीमा गोरु जुधाई मेला हुँदै आएको भएपनि गोसाइकुण्ड युवा क्लबले बीं.सं. २०५३ सालदेखि व्यवस्थित रुपमा बेत्रावतीमा गोरु जुधाउने मेला सञ्चालन गर्न थालेको हो । त्यस्तै बीं.सं. २०६९ सालदेखि नुवाकोटको पञ्चकन्यामा विभिन्न संस्था तथा क्लबले व्यवस्थित रुपमा गोरु जुधाइ गर्दै आएका छन् ।बीं.सं. १८८७ सालदेखि नुवाकोटको तारुकामा सुरु भएको गोरु जुधाइलार्ई बीं.सं. २०६२ सालदेखि स्थानीय युवाहरुले सस्कृतिको संरक्षण तथा पर्यटनको प्रबद्र्धनमा केन्द्रित रहेर व्यवस्थित रुपमा जुधाउन थालेको माघे सक्रान्ति गोरु जुधाई संरक्षण सस्थाले बताएको छ ।
बझांङ्गी राजा जयपृथ्विबहादुर सिंह मावली गाँउ तारुका आउदा मनोरञ्जन दिन गोरु जुधाईएको सम्झनामा नुवाकोटको तारुकामा गोरु जुधाई मेला सुरु गरिएको हो ।
गोरु जुधाई हेर्न रसुवा, नुवाकोट, धार्दिङ, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, लगायतका जिल्लाका हजारौ मानिसहरु रसुवाको बेत्रावति र नुवाकोटको पुगेका थिए । माघे सक्रान्ति पर्वको अवसरमा गोरु जुधाईलाई नेपाली मूलको “बुल फाइट”को रुपमा समेत लिने गरिएको छ ।
दैनिक ८ घण्टा बन्द हुदै आएको गल्छी–देवीघाट सडकखण्ड गोरु जुधाई मेलालाई लक्षित गरी खुल्ला गरिएको छ ।