भगीरथ भण्डारीइलाम । सूर्योदय नगरपालिकाले १४ वटै वडामा चालु आर्थिक वर्षमा एक करोडभन्दा बढी रकम विकास निर्माणमा खर्च गर्न वार्षिक योजना तय गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको राजपत्रमा विनियोजन ऐन अनुसार वडालाई खर्च गर्न योजाम तय गरेको हो ।
नगरपालिकाबाट सिधै वडामा हुने योजनामा पनि बजेट विनियोजन गरेको छ । नगरपालिकाले छुट्याएको योजना अनुसार गोर्खे गाविसका लागि १ करोड ९ लाख २८ हजार रकम विनियोजन गरिएको छ । त्यसमध्ये आन्तरिक स्रोतबाट ३३ लाख र संघीय सरकारबाट बाँकी रकम खर्च गरिने बताइएको छ ।
पशुपतिनगरमा एक करोड १९ लाख २३ हजार रुपैयाँ खर्च गरिने योजनासहित बजेट विनियोजन गरिएको छ । त्यस्तै वौद्यधामका लागि १ करोड ८ लाख ५७ हजार, श्रीअन्तुका लागि १ करोड ४ लाख ५२ हजार र समाल्बुङ गाविसका लागि ८८ लाख ९ हजार बजेट विनियोजन गरिएको छ । त्यसैगरी तारगाउँका लागि ६० लाख ४७ हजार, कन्यामका लागि १ करोड ८ लाख ५६ हजार, वडा नम्बर ८ का लागि ८४ लाख ११ हजार पाँच सय रुपैयाँ, वडा नम्बर ९ का लागि ७३ लाख ४७ हजार पाँच सय रुपैयाँ विनियोजन गरिएको छ ।
फिक्कलका लागि १ करोड १७ लाख ९२ हजार पाँच सय रुपैयाँ, वडा नम्बर ११ का लागि ८३ लाख ९० हजार रुपैयाँ, वडा नम्बर १२ का लागि ६७ लाख ४८ हजार रुपैयाँ रकम विनियोजन गरिएको छ । त्यस्तै वडा नम्बर १३ का लागि ९१ लाख ४१ हजार रुपैयाँ र वडा नम्बर १४ का लागि ८२ लाख २४ हजार रुपैयाँ वडा कार्यालयमार्फत् नै खर्च गर्न मिल्ने गरि विकास निर्माण तथा कार्यालय सञ्चालनमा रकम विनियोजन गरिएको हो ।
नगरपालिका अनुसार सुगम र दुर्गम वडाको आवश्यकता र विकासे अवस्था हेरेर बजेट विनियोजन गरिएको हो। सबै वडामा उस्तै काम हुनसक्ने र आर्थिक वर्ष सकिँदा वडाको प्रगति समान हुने गरी बजेट विनियोजन गरिएको हो ।
वडा कार्यालयमार्पmत् खर्च हुने बाहेक विषयगत मन्त्रालयबाट प्राप्त हुने सशर्त अनुदानस्वरूपको बजेट, अन्य कार्यक्रम तथा योजनाका बजेटबाट पनि वडामा काम हुने बताइएको छ । त्यस्ता कार्यक्रम तथा योजनामा पनि नगरपालिकाले करोडौँ रकम खर्च गर्न बजेट छुट्याएको छ । त्यसमध्ये अन्य पूर्वाधार शीर्षकमा मात्रै नगरपालिकाले २२ करोड ४२ लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम भवन, सडक निर्माण तथा मर्मत, पर्यटन, ऊर्जा, खानेपानी, सिंचाई, स्वास्थ्य जस्ता क्षेत्रमा खर्च गरिने बताएको छ ।
पूर्वाधारका योजनामध्ये सबैभन्दा बढी रकम अन्तुडाँडा सौन्दर्यीकरण कार्य र पर्यटन प्रवद्र्धन कार्यक्रम शीर्षकमा डेढ करोडका दरले विनियोजन गरिएको छ । त्यसपछि गोर्खेबजार सडक कालोपत्रे गर्ने योजना र फिक्कल–पान्दाम–जिल–मानेभञ्ज्याङ सडक कालोपत्रे गर्ने योजनामा १–१ करोड विनियोजन गरिएको छ । सूर्योदय सार्वजनिक भवन निर्माण योजना पनि १ करोडको रहेको छ । यी बाहेकका योजना करोडभन्दा मुनि छन् ।