नेपालगञ्ज। बीपीचोकको फर्निचर उद्योगमा बिहीबार राती आगलागी भएको छ। ११ बजेदेखि शुरु भएको आगलागी बिहान पाँचबजे मात्र नियन्त्रणमा थियो। आगो निभाउन ६ वटा दमकल प्रयोग गरिएको थियो। विद्युत् सर्ट भएर आगलागी भएको हो ।
पसलबाट शुरु भएको आगो अन्यत्र पनि सल्कियो। टिनले बनाइएको घरमा फर्निचरको सोरुम र गोदाम थियो। ज्वलनशील पदार्थसमेत रहेकाले आगो निभाउन हम्मेहम्मे परेको प्रहरीको बताएको छ ।
आगलागीबाट १४ वटा पसल जलेर खरानी भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरका अनुसार हिमालय स्टिल,सानिया स्टिल, स्टार स्टिल, वारसी स्टिल, बिन्देश्वरी फर्निचर, न्यू रुबी, प्रतापसिंहको फर्निचर, आलिया फर्निचर,अमन फर्निचर,ए–वान फर्निचर, वावा फर्निचर, बाबा टे«र्डस र सरदार डेण्टल उद्योगमा क्षति पुगेको छ ।
१४ वटा पसलबाट २ करोड रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको राठौको भनाइ छ । आगलागी पीडित दमकल समयमा नआएको र आए पनि पानीको उचित व्यवस्था नगरेको भन्दै आक्रोशित भए ।
उपमहानगरका दुईवटा, राँझा विमानस्थलको एउटा, कोहलपुर र बर्दियाबाट आगलागीस्थलमा दमकलपुगेका थिए । नेपालगञ्जको दमकलको मात्र भर परेको भए वरपर रहेका सबै फर्निचर जल्ने र मयक पेट्रोल पम्पसम्म आउने सम्भावना रहेको भन्दैले स्थानीयले चिन्ता प्रकट गरे ।