-कविता
मैले सँधै आइसक्रिम बन्नुपर्नेतिमीले मजा लिई -लिई चुस्न मिल्नेम खिइँदै -खिइँदै जानुपर्नेतिमी हौंसिदै जान मिल्नेम खिइँदै -खिइँदै जानुमातिमीले बहादुरी सोच्नेचुस्ने चिज सकिएपछिम फालिने रछ्यानमार तिमीले भन्नेआहा ! आइसक्रिम स्वादिलो थियो ।
म तिम्री आइसक्रिम प्रेमिकाप्रत्येक पटकको तलतलमाबदलिंदै जाने र खिइँदै जाने
अघि भर्खरसम्म थिएँतिमीसँगको प्रेमालापपछिखिइदै गएँ, रित्तिदै गएँर ऐले सकिएँ !
म,कुनै पसलेको फ्रिजभित्रचुस्ने बस्तु बनेर थुनिएकी हुन्छुतिमी आउँछौप्यारको गीत गाउँदैपसलेसँग सोध्छौचकलेटी वालाखुवा वालाबदाम वालास्ट्रावेरी वालापाउ वालाकुन -कुन फ्लेवरमा छ आइसक्रिम ?
पसले देखाउँदै जान्छतिमी छान्दै -छान्दै जान्छौआफ्नो रुची अनुसारआफ्नो गच्छे अनुसारकुनै एउटा छान्छौर एक पटक आँखा पनि नजुधाईहतार - हतार चुस्न थाल्छौ !
कैलेतिम्रो रोजाईको चुरोट बनेरमैले हरदम जल्नु पर्नेधुवाँ बनेर उड्नु पर्नेम उडेको धुवाँका गुच्छाहरू हेरेरतिमी रोमाञ्चित हुने प्रेमलेअन्तिममा मफालिनु पर्ने ठूटो बनेरकैले,तिम्रो रोजाईको आइसक्रिम बनेरमैले लगातार पग्लनु पर्नेहरेक मेरा घुट्काहरूमातिमीले तप्तिको महसुस गर्नेमैले भने अन्तिममाफालिनु पर्ने सिन्का बनेरयो कुन खाले प्यार हो यार ?
मैले त सुनेको होप्यारमा बराबरी त्याग हुन्छबराबरी छनौट हुन्छर बराबरी आनन्द हुन्छ !
यो तिमीले चुस्नेम पानी बनेर पग्लनु पर्ने
र एक्लै आनन्द लिनेयो तिमीले तान्ने र हावामा उडाउनेयो तिम्रो आइसक्रिम प्यारमलाई अस्विकार्य छ यार !
म तिम्रो प्यारले अघाइसकेंयो लुटेरा प्यार भन्दामलाई घृणा मन पर्छ धेरै ।
म तिम्री आइसक्रिम प्रेमिकाआजबाट माग्दै छुतिमीसँग घृणाको उपहार !