शम्भु दाहालइलाम। इलामका सर्वसाधारण नयाँ पर्यटकीय स्थलको प्रवद्र्धनमा जुटेका छन्। खारभित्तालाई ‘मिनि माउन्टेन’ नाम दिएर रोङ गाउँपालिका वडा नम्बर–४, बाहुनीखर्कका स्थानीय पर्यटन प्रवद्र्धनमा जुटेका हुन्।
कालि खोलाको उत्गम स्थलमा कालो र सेतो रङ्गका हिमशृङ्खला जस्तै देखिने चुलिहरू छन्। चुलिको प्रचार नहुँदा पर्यटक नआएको स्थानीले बताए।
महाभारत शृङ्खलाअन्तर्गत तल्लो क्षेत्रमा चुरे पहाडको काखमा खारभित्ताकासयौं चुचुरा देख्न सकिन्छ। कालो र सेतो लस्करै फैलिएका चुचुरामा खार खान चराहरू आउँछन्। चुचुराका साथै काली खोलामा बाह्रै महिना सेतो पानी बग्ने दृश्य अनौठो समेत देख्न सकिन्छ।
यहाँको बनमा मृग, हरिण, बँदेल, चितुवा, मयुरलगायत पशुपंक्षी पनि देख्न सकिने स्थानीयले बताए। मेची राजमार्गको सुनमाई सडकखण्डबाट ७ किलो मिटर पश्चिममा खारभित्ता छ। त्यहाँ पुग्न बाटो छैन। बाटोकै अभावले पर्यटकीय क्षेत्र ओझेलमा परेको स्थानीयको भनाइ छ।
सरकारले त्यहाँसम्म पुग्ने बाटो बनाएर प्रचारमा सहयो गरे स्थानीयको जीवनस्तरमा सुधार आउँने स्थानीय मदन तामाङले बताए। जीवन ज्योति सामुदायिक बनका अध्यक्षय समेत रहेका तामाङले खारभित्तालाई पर्यटकीय गन्तव्यको रूपमा विस्तार गर्न सकिने बताए।
विभिन्न चाडपर्वमा पर्यटक आउने गरे पनि भौतिक पूर्वाधार नहुँदा अहिले पर्यटक आउन छोडेका छन्। स्थानीय रूपक तामाङ भन्छन्, ‘अहिले मानिस हिंडेर आउँदैनन्। सुविधा भोगी भए। राम्रो बाटो छैन।’
![](https://45.77.241.73/wp-content/uploads/2019/08/kharbhitta.jpg)
प्राकृति पुजक तामाङ जातिले चुलिमा देवताको बास रहेको विश्वास गर्दे आएका छन्। पूर्वाधारको अअभावमा यहाँका मानिसहरू बसाइँ सर्ने गरेका छन्। खारभित्तालाई गन्तव्य बनाई पूर्वाधारको विकास गर्न सके आर्थिक उपार्जन पनि हुन्छ। बसाइँसराई रोक्न सकिने अध्यक्ष मदान तामाङले बताए।
सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेर लााखौ पर्यटक भित्र्याउने लक्ष्य लिए पनि खारभित्ता जस्ता पर्यटकीय गन्तव्यलाई प्रचार नगर्ने हो भने सरकारको लक्ष्य सफल नहुने स्थानीयले बताए। स्थानीले खारभित्तालाई प्रचार र पूर्वाधार निर्माणको माग गरेका छन्।