कविता खड्काभोजपुर । षडानन्द नगरपालिकाको दिंग्लामा सामुहिक स्नान कार्यक्रम आयोजना गरिएको छ ।
धार्मिक सहिष्णुता कायम गर्नका लागि षडानन्द सिताराम गुठीको धार्मिक समितिले जनैपूर्णिमाको अवसर पारेर बिहीबार कार्यक्रमको आयोजना गरेको आयोजक समितिका संयोजक हरि भित्रिकोटीले जानकारी दिनुभयो ।
षडानन्द सिताराम गुठीका अध्यक्ष कृष्णप्रसाद पौडेलले धर्मको रक्षा गरेमा मात्र हामी सबैको रक्षा हुने भएकोले षडानन्द गुरुले शुरुवात गरेको यो कार्यलाई ५ दशकपछि पुनः निरन्तरता दिइएको बताउनुभयो ।
कार्यक्रमका सहभागिले सहभाव र सहअस्तित्वको चाडको रुपमा यसलाई मनाइएकोमा खुशी व्यक्त गर्दै कार्यक्रमले जातिय विभेदको अन्त्य गर्दै समाजको विकासमा कोशेढुङ्गा सावित हुने बताएका छन् । षडानन्द नगरपालिकाका मेयर विरवल राईले राष्ट्रको विकासका लागि पनि धर्मको रक्षा गर्नुपर्ने भएकोले यस्ता कार्यक्रमले देश विकासमा समेत योगदान पुर्याउने वताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारी, व्यापारी, शिक्षक लगायत षडानन्द नगरपालिकाको वडा नम्वर ४, ५, ६, ७ र ८ का क्षेत्रि, व्राम्हण, राई, तामाङ, नेवार, खड्गी, दलित लगायतका सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
वैदिक गुरु परम्परा अनुसार बिहानै गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दा जानी नजानी गरिएको पाप पखालिने जन विश्वास रहेको छ ।
वैदिक गुरु परम्परा अनुसार बिहानै गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दा जानी नजानी गरिएको पाप पखालिने जन विश्वास रहेको छ ।