तिमीले त मेरो योगदानको मापन हुनुपर्छ भन्थ्यौतर मेरो चोटग्रस्त शरीर नापियोमेरो शरीरको उचाइ नापियोतौल नापियो
तिमीले गोडाफाट भन्यौ, मैले गोडा फाटेँसतर्क भन्यौ, म सतर्क बनेँअगाडि बढ भन्यौ, म अगाडि बढेँपछाडि हट भन्यौ, म पछाडि हटेँसर्टिफिकेट फाल भन्यौ, मैले फालेँदस्ताबेज पढ भन्यौ, मैले पढेँइतिहास पढ भन्यौ, मैले पढेँसमाज पढ भन्यौ, मैले पढेँअरु कत्ति कुरा तिमीले नभन्दा पनि पढेँ
तिमीले बन्दुक बोक भन्यौ, मैले बोकेँकैयौँ कुइन्टल भारी पनि बोकेँसहयोद्धाका अमर शरीर बोकेँघाइते शरीर बोकेँरक्तिम सन्देश बोकेँबोक्न त आजादहरुका प्यार पनि बोकेँजल्लादहरुका काला कर्तुत पनि बोकेँ
घर भनिएनसम्पत्ति भनिएनबाआमा भनिएनप्रियसी भनिएनपढाइ भनिएनकेवल भनियो त परिवर्तनहिँडियो त मृत्यु हत्केलामा राखेरभत्काइयो दुश्मनको जिल्लाबनाइयो आफ्नै लालकिल्लाजलाइयो बुर्जुवा किताबका पानापानाबनाइयो सामन्तीलार्इ निशाना
तिमीसँग आदेश दिनसक्ने क्षमता थियोमसँग पनि त तिम्रो आदेश मान्ने क्षमता थियो
मैले आदेश पालना गरेकै हुँआफ्नो कर्तव्य निभाएकै हुँभोक भोकै लडेकै हुँ
ति बेलामेरो अपाङ्ग शरीर पनि तिम्रो लागि अमूल्य थियोकिनकी म भाँचिएको हात लिएरबन्दुक चलाउन सक्थेँखुट्टामा गोलीका डल्ला बोकेरअहोरात्र लड्न सक्थेँ
तिमीले बन्दुक रोक भन्ने बेलासम्म पनिम तिम्रो लागि प्रिय नै थिएँकिनकी म तिम्रा लागि सुरक्षा दिन सक्थेँतिमीलाई हरक्षण पहरा दिन सक्थेँ
तर जब तिमीहामी बस्ने परालको गुन्द्री छाडेरराता कार्पेटमा बस्न थाल्यौअनि बिस्तारै मेरो मूल्य तोकिन थाल्यो
जब मूल्य तोकियोम जस्तै हजारौँलाई हाटबजारमा राखियोतिमीले पठाएकाकैयौँ ग्राहकहरु आएअङ्ग अङ्ग जाँचे
खुट्टामा गोली बोकेको मभाँच्चिएको हात बोकेको मअयोग्य बनेँकमरेड !कुनै बेला त्यही भाँच्चिएको मेरोहात तिम्रा लागि प्यारो थियो होइन ?गोली लागेको मेरो खुट्टातिम्रा लागि तन्दुरुस्त थिए होइन ?म अमूल्य थिएँ होइन ?म योग्य नै थिएँ होइन ?तर म आज कसरी अयोग्य भए ?
तिमीले भनेको मोर्चा सम्हालेकै हुँदुश्मनको किल्ला तोडेकै हुँतिमीलाइ गुन्द्रीबाट रातो कार्पेटसम्म पुर्याएकै हुँके त्यहाँ पुर्याउनु मेरो गल्ती थियो ?मेरो अयोग्यताको कारण तिमी त्यहाँ पुगेको हौ ?
तिमीले त मेरो योगदानको मापन हुनुपर्छ भन्थ्यौतर मेरो चोटग्रस्त शरीर नापियोमेरो शरीरको उचाइ नापियोतौल नापियोतरखै त तिम्रो उचाइ नापिएको ?खै त तिम्रो तौल नापिएको ?खै त तिम्रो योग्यता नापिएको ?
केही पनि मापन गर्नै नपर्ने तिमी योग्यतिमीलाई नै योग्य बनाउन शरीरमा गोली बोक्नेम कसरी अगोग्य भए ?
खै त तिम्रो उचाइ नापिएको ?खै त तिम्रो तौल नापिएको ?खै त तिम्रो योग्यता नापिएको ?(अयोग्य लडाकुका पक्षमा एउटा कविता, सामाजिक सञ्जालबाट)