काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख वामदेव गौतमले लामो समयदेखि सम्हालेर आउनु भएको पद छोड्नुभएको छ । पार्टीको महत्वपूर्ण भातृसंगठन अखिल नेपाल किसान महासंघको संयोजकबाट बाहिरनुपरेको हो । गौतमले नेकपाको महत्वपूर्ण मानिने संगठन विभागको नेतृत्व सम्हाल्नुभएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट पराजय व्यहोरेपछि गौतम पार्टीको जिम्मेवारीबाट अलि टाढा रहनुभएको थियो ।
पार्टीमा बलियो नेताको रुपमा छवि बनाएका गौतम पुनः वहाली हुनुभएको छ । गौतमले नेकपाको उपाध्यक्षको जिम्मेवारी पाएपछि केही नेताले टिप्पणी समेत गरेका छन् । पार्टीमा बलियो रुपमा स्थापित भइराख्न गौतमले समानान्तर रुपमा नेतृत्वसँग लविङ गरिरहनुभएको केही नेताले बताएका छन् ।
उत्साही वामदेवउपाध्यक्ष तथा संगठन विभाग प्रमुखमा नियुक्त गर्ने सचिवालयको निर्णयसँगै नेता गौतम उत्साही देखिनुभएको छ । उपाध्यक्ष भएकोमा बधाई ज्ञापन गर्न पुगेका शुभचिन्तक कार्यकर्ताहरुलाई गौतमले अब नेकपालाई बर्दी बिनाको स्पातिलो संगठन बनाइ छाड्ने दृढता व्यक्त गर्ने गरेका छन् । अहिले नेकपामा ८ लाख पार्टी सदस्य रहेकोमा एक वर्षभित्र १६ लाख बनाउने गौतमको योजना छ । निजी निवासको सभाकक्षमा कार्यकताको बधाई ग्रहण गर्दै नेता गौतमले भन्ने गर्नुभएको छ, ‘अहिले ७० वर्षको भइसकेँ, अब दश वर्ष संगठन विभाग भएँ भने ५० लाख पार्टी सदस्य बनाएर छोड्छु ।
नेता गौतमले पार्टीमा अब गुटउपगुट नरहेको भन्दै जसले गुटउपगुट कुरा गर्छ र त्यसकापछि लाग्छ उसलाई ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी पनि दिने गर्नुभएको छ । नेता गौतमले भन्नुभयो, ‘अब गुटउपगुट छैन । कतिपय साथीले गुटका कारण पार्टी सदस्यता पनि पाउनुभएको छैन, त्यसलाई अब पुरै चिरिन्छ र एउटा पार्टी सदस्यले चारजना सदस्य बनाउनै पर्ने नियम ल्याइन्छ । सहभागीलाई इंगित गर्दै गौतमले भन्ने गर्नुभएको छ, चारजना सदस्य थप्न नसक्ने पार्टी सदस्यको के काम ?
गौतमले जातभातलाई समाप्त पार्न हरेक स्थानीय तहमा पार्टीको सामुहिकशाला निर्माण गरेर कम्तिमा महिनाको एकपटक पार्टी सदस्यबीच अनिवार्य सहभोज गराउने र सहभोजमा सहभागी नहुने पार्टी सदस्यलाई निष्कासन गरिदिने चेतावनी दिनुभएको छ ।