काठमाडौं । नेपाली जनता आहत छन् कोशी नदीको कटान र डुबानबाट । कोशी नदी कटान तथा डुबान क्षेत्रका स्थानीय अनसनमा बसे । अनसनकारी स्थानीयको तीन बु‘दे माग छन् । माग पूरा नभएपछि कोशी नदी कटान डुबान संघर्ष समिति सुनसरी, सप्तरी र उदयपुरले अनिश्चितकालीन रिले अनसन गरिरहेका छन् । संसद अवरुद्ध नभए पनि जनताका मुद्दा ओझेलमा परेका छन् । जनता रिले अनसनमा भएको संसदसम्म खबर पुग्नै बाँकी छ । नदीले क्षति गरेको बालीको क्षर्तिपूर्ति, दुवै तटबन्धभित्रको जग्गा सुरक्षित गर्न र सन् १९५४ मा भएको कोशी सम्झौता पालना हुनु पर्ने माग छ । हामी अहिले सन २०१९ मा छौँ । १९५४ को सम्झौता पालना भएन अहिलेसम्म । फुंग फुलेका दारी, पाकेको उमेर, तर रिले अनसनसहित आन्दोलन नेतृत्व गर्नु पर्ने बाध्यता ।
२०११ साल वैशाख १२ गते नेपाल र भारतीबीच भएको कोशी सम्झौताअनुसार ५६ हजार ३ सय ५१ बिघा ११ कठ्ठा १९ धुर जग्गाको मुआब्जा भारत पक्षले दिनुपर्नेछ । २०११ साल, आज हो ? हाम्रो तीन पुस्ताअघिको प्रसंग हो । अनि आन्दोलनकारीको उमेर किन नहोस् जेष्ठ नागरिक ।
दुई वर्षमा पानी जहाजत्यतिमात्र होइन, दुई वर्षअघि केपी ओलीले भन्नुभएको थियो, नेपाली पानीजहाज । अहिले फेरि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भन्नुभयो ? अबको दुई वर्षमा नेपाली पानीजहाज आउँछ–आउँछ । पानी जहाज आउँछ । डाक्टर बाबुराम भट्टराईको नारा थियो, समृद्धि हाम्रै पालामा । त्यतिमात्र होइन, मन्त्री महासेठले देशभर बनेका २ सय ४३ पुलको कथा सुनाउनु भयो । मन्त्रीज्यूले यता भाषण ठोकिरहँदा उता उहाँकै प्रदेश नम्बर २ मा एउटा पुल ढल्यो गर्लम्म । काठमाडौंमा मन्त्रीको प्रगति विवरण अनि सप्तरीमा ठेकेदारको बदमासी एकैपटक बाहिर आउँदा समृद्धि हाम्रै पालामा होला कि नहोला ? मनमा चिसो पस्ने नै भयो ।यता जनता पुल नभएर सास्ती ।
कर्मचारी लुकाउँछन् दस्तावेज ?नेपाल भारत सीमाका विषयमा भारतले लगातार नेपालमाथि थिचोमिचो गरेको छ । त्यतिमात्र होइन, सीमासम्बन्धी हाम्रो दस्तावेज, डकुमेन्ट कहाँ छन् ? कर्मचारीले किन लुकाए ? संसदको अन्तर्राष्ट्रिय समितिमा गजबले बहस शुरु भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रष्ट भन्नु भएको छ । माग्दाखेरी परराष्ट्रका कर्मचारीले कागजपत्र नै दिँदैनन् । यस्तो कुरा उठायो भने भारत रिसाउँछ कि भन्ने हो भने हामी भन्दा नालायक, काँतर अरु को हुन्छ ? जे होस्, नेताहरु नचबाइकन बोल्न थाल्नु भएको छ छिमेकले गरेको थिचोमिचोबारे । कहाँ कति मिचियो, के के भयो ? आउन थालेको छ विषय संसदमै ।
प्रधानमन्त्री फेरिन्न ?दुई तिहाइको सरकार । भारतले नाकाबन्दी लगाउँदा पनि आधा पेट खाएर उभिएको पार्टीको सरकार । यो बेला नबोले कहिले बोल्ने ? कतै नेताहरुले यसरी बोलिरहँदा सरकारको पानीजहाज आँधीबेरीको तुफानमा पर्न खोजेको त होइन ? होइन भने किन भनिरहनु प¥यो अर्को चुनावसम्म मै हुँ कान्छी नेपाल नामको पानीजहाजको ड्राइभर ? अर्थात् फेरिन्न प्रधानमन्त्री, हेर्दै जानुहोस् न ।
प्रकाश ज्वाला किन नाचे ?नागपञ्चमीपछि लगातार चाडपर्व आउँछन् । जनैपूर्णिमा, गाईजात्रा । प्रदेश अनुसार फरक मेला । कर्णाली प्रदेशतिर चैँ मन्त्री नै सोरठी नाचिरहेका छन् । नाच्ने मन्त्रीको शुभनाम प्रकाश ज्वाला हो । प्रदेश नम्बर ५ को पाल्पामा चैँ रोपाईं जात्रा चलिरहेको छ ।प्रदेश नम्बर ३ को नेवार समुदाय गाईजात्रा मनाइरहेका छन् । यसको सामरिक महत्व छ । गाईजात्राकै दिन पारेर तेस्रो लिंगीहरुले पनि काठमाडौंमा सहभागिता जनाए ।
उता ३ नम्बर प्रदेशकै मकवानपुरमा चैँ मान्छेहरु को धर्माती भन्दै ढुंगामुनि छिरिरहेका थिए । चिनियाँहरु रबरमा नाच्छन्, हिँड्छन्, ज्यान रबरजस्तै हुन्छ । नेपालीको फरक छ । सानो प्वालबाट मोटो मान्छे छिर्न गाह्रो छ । कोही कोही छिरेका छन् सुलुत्तै । यसमा धर्म र पापको केही माने राख्दैन । वश धार्मिक पर्यटन हो यो ।
जनता टेलिभिजनको नयाँ कार्यक्रम जनता फुटेजको चौथो शृंखला भिडियोसहित हेर्नुहोस् :
https://www.youtube.com/watch?v=fsAfKDAMqso