फाइल तस्बिर
हुमाकान्त पोखरेल गुल्मी । जिल्लामा सवारी दुर्घटना सम्बन्धी डरलाग्दो तथ्य फेला परेको छ । सवारीको चाप बढेसँगै दुर्घटना समेत बढ्दै गएको छ । जिल्लामा ८ वर्षमा सवारी दुर्घटनामा १ सय ५२ जनाले जीवन गुमाएका छन् । ३ सय ८७ जना भाइते भएका छन् ।
२०६८ सालदेखि २०७६ सम्म जिल्लामा २४१ सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।त्यसमध्ये जीप तथा कार दुर्घटना भएका छन् । जीप तथा कार दुर्घटन ३७ दशमलव ९२ प्रतिशत अर्थात् ८९ रहेको ट्राफिकले उल्लेख गरेको छ ।
दुर्घटनामा जीवन गुमाउनेमा सबैभन्दा बढी अर्थात् १ सय १ पुरुष छन् । दुर्घटनामा जीवन गुमाएकाहश्र मध्ये पुरुष ६६ दशमलव ४४ प्रतिशत छन् । महिला ३४ र बालबालिका १७ जनाले ज्यान गुमाएका छन् ।
ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०६८/०६९ मा २३ दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् । २३जना गम्भीर घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये पुरुष १४ जना, महिला र बालबालिका २, २ दुई जना छन् । गम्भीर घाइतेमध्ये १७ पुरुष, ५ महिला र एक बालबालिका रहेका छन् । त्यही वर्षमा ट्रक र ट्याक्टर ३, ३ वटा, बस र जीप १, १ वटा तथा मोटरसाइकल ७ वटा दुर्घटनामा परेका छन् ।
आर्थिक वर्ष २०६९/७० मा एउटा ट्रक, ३ वटा बस, १६ वटा जीप, १३ वटा ट्याक्टर र १४ वटा मोटरसाईकल गरी कुल ४७ दुर्घटना भए । त्याे दुर्घटना २०६८/०६९ देखि २०७५,0७६ सम्मकै उच्च हो । त्याे वर्ष ३१ जनाले ज्यान गुमाए । १ सय ६ जना गम्भीर घाइते भए । ज्यान गुमाउनेमध्ये १९ पुरुष, ११ महिला र १ बालबालिका छन् । गम्भीर घाइतेमध्ये ६७ पुरुष, ३१ महिला र ८ जना बालबालिका रहेका छन् ।
आर्थिक वर्ष २०७०/ ७१ मा भएका ४६ दुर्घटनामा १८ जनाले ज्यान गुमाए । ८५ जना गम्भीर घाइते भए । दुर्घटना भएका सवारीमध्ये १८ वटा जीप, बस र ट्याक्टर ६÷६ वटा, ट्रक ३ वटा तथा मोटरसाइकल १३ वटा छन् । ज्यानगुमाउनेमध्ये पुरुष १० जना, महिला ६ जना र बालबालिका २ जना छन् । गम्भीर घाइते मध्ये पुरुष ४२ जना, महिला ३० जना र बालबालिका १३ जना रहेको ट्राफिक प्रहरी हवल्दार देवी पौडेलले जानकारी दिनुभयाे ।
आर्थिक वर्ष २०७१/७२ मा ४० वटा सवारी दुर्घटना भए । दुर्घटनामा १७ जनाको मृत्यु भयो । ४९ जना गम्भीर घाइते भए । दुर्घटनामा परेका सवारीमध्ये जीप तथा कार १६ , ट्याक्टर १० मोटरसाइकल ७ , ट्रक ४ , बस एउटा तथा अन्य सवारी २ छन् । ज्यान गुमाउनेमध्ये पुरुष ११ जना, बालबालिका पाचँजना तथा एकजना महिला छन् । गम्भीर घाइतेमध्ये २७ पुरुष, १५ महिला र ७ बालबालिका छन् । त्यही आर्थिक वर्षमा ३९ जना सामान्य घाइते भएका छन् । जसमध्ये १६ पुरुष, ११ महिला तथा १२ बालबालिका छन् ।
आर्थिक वर्ष २०७२/७३ मा जीप ७, मोटरसाइकल ११ , ट्याक्टर ६ तथा बस ५ गरी २८ सवारी दुर्घटना भए । दुर्घटनामा १९ जनाले ज्यान गुमाए । ३७ जना गम्भीर घाइते भए । १४ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । मृत्यु हुनेमध्ये १५ पुरुष तथा महिला र बालबालिका २, २ जना छन् । गम्भीर घाइते मध्ये २८ पुरुष, ८ महिला र १ बालबालिका छन् । सामान्य घाइते मध्ये पुरुष र महिला ६, ६ जना तथाबालबालिका २ जना छन् ।
आर्थिक वर्ष २०७३/ ७४ मा ट्रक र बस २, २ , जीप र ट्याक्टर ७, ७ सातवटा तथा मोटरसाइकल ३ दुर्घटना भए । दुर्घटनामा ११ जनाको ज्यान गयो । २६ जना गम्भीर घाइते भए । १६ जना सामान्य घाइते भए ।
आर्थिक वर्ष २०७४/ ७५ मा १ डोजर, २ बस, ४ जीप तथा ५, ५ ट्याक्टर र मोटरसाइकल गरी १७ सवारी साधन दुर्घटनामा परे । दुर्घटनामा १४ पुरुष र ५महिला गरी १९ जनाको मृत्यु भयो । त्यस्तै १७ पुरुष, ६ महिला र ५ बालबालिका गरी२८ जना गम्भीर घाइते भए । १७ पुरुष, ४ बालबालिका र १ महिला गरी २२ जनासामान्य घाइते भए ।
आर्थिक वर्ष २०७५/७६ मा दुर्घटना भएका २९ सवारीमा १९ जनाको ज्यान जानुका साथै ३३ जना गम्भीर र २५ जना सामान्य घाइते भए । दुर्घटनामा परेका सवारीमध्ये जीप तथा कार १२ वटा छन् । ट्याक्टर १०, मोटरसाइकल ६ तथा एउटा बस दुर्घटना भयो । ज्यान गुमाउनेमध्ये पुरुष ११ जना तथा महिला र बालबालिका ४, ४ जना छन् । गम्भीर घाइतेमध्ये १७ पुरुष, १० महिला तथा ६ जना बालबालिका छन् । सामान्य घाइतेमध्ये ११ पुरुष तथा महिला र बालबालिका ७, ७ जना रहेको ट्राफिक हवल्दार पौड्यालले जानकारी दिनुभयाे।