अनिल यादवनवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा पर्ने सुस्ता विभिन्न समयमा चर्चामा आउने गरेको छ ।
सुस्तामा रहेका स्थानीय बासीका विकराल समस्या भोगाइका कारण सुस्ता पहिलादेखि नै चर्चामा रहेको छ ।
कहिले सीमा विवाद त कहिले बाढीको त्रास यस्तै विभिन्न समस्याहरु सुस्तामा रहेको छ । सुस्ताबासीका लागि सुस्तामा कहिले पनि खुशियालि छाएन । सुस्तावासीलाई नरायणी नदी र भारतीय भूभागले घेरेको छ । यसरी हेर्दा सुस्ता एउटा टापुको परीकल्पना जस्तै रहेको छ । नारायणी नदी पार रहेको सुस्तामा बाटोको समस्या रहेको छ ।
सुस्ता जानका लागि नरायणी नदी पार गरेर जानुपर्ने बाध्यात्मक परिस्थितिले गर्दा त्यहाँका बालबालिका शिक्षाबाट बञ्चित भएका छन् भने अन्य नागरिकहरु स्वास्थ्य, यतायात सञ्चार तथा विधुतिय सेवाबाट बञ्चित रहेका छन् । केही वर्ष अगाडि सुस्तामा झोलुङ्गे पुल बन्दै छ भन्ने कुराले सुस्तावासीलाई खुशियाली छाएको थियो ।
सुस्ता जानका लागि नरायणी नदी पार नगरी अन्य बाटो नभएको र भाारतीय बाटो प्रयोग गरी जादा भारतिय सुरक्षा कर्मिहरुले मानसिक यातना दिने गरेका स्थानीयले बताउँछन् । तर नरायणीमा झोलुङ्गे पुल निमार्ण हुने कुराले सुस्तावासीलाई नेपाल सरकारको सेवाबाट अब बञ्चित नहुने बिश्वस्त बनाएको थियो । हाल सुस्तावासीको लागि बन्ने झोलुङ्गे पुल सुस्ताएको छ ।
४ वर्ष अगाडि सुस्तामा सो पुल बन्ने कुरा भएको थियो । १ किलोमिटर ५ सय ७१ मिटर लम्बाइ र १ दशमलव ६ मिटर फराकिलो पुल निमार्णका लागि त्रिशूली आश्रय जेभी कन्ष्ट्रक्सन कम्पनीले २७ करोड रुपैयाँमा ठेक्का लिएको छ । त्यो झुलुङ्गे पुलको निमार्ण कार्य २०७३ साल पुष महिनादेखि शुरु भएको थियो तर हालसम्म १५ प्रतिशत पनि काम भएको छैन् ।
पुल निमार्ण गर्ने कम्पनीले ल्याएको निर्माण उपकरण अहिले पानीमा भिजेर खिया लाग्न थालेको छ । उक्त कम्पनीको लापरवाही तथा मनपरीले सुस्तावासीमा छाएको खुशियाली फेरी हराएको छ । निमार्ण कम्पनी सम्पर्कविहिन भएपछि निमार्ण उपकरण अलपत्र परेको छ । ६५ वर्षीय स्थानीय मनोहर अहिरे पुलको निमार्ण सामग्री तथा उपकरण हेर्दै बसेका छन् । उनलाई त्रिशूली आश्रय जेभी कन्ष्ट्रक्सन कम्पनीले शुरुदेखि नै समान हेरचाह र अन्य काममा सघाई दिन भन्दै प्रतिमहिना १० हजार तलबमा रखेको अहिरले बताएका छन् । तर हालसम्म ४ वर्ष वितेपनि मनोहरले रकम नपाएको बताएका छन् ।
ठेकेदार कम्पनीको साहु र म्यानेजर शुरुमा आएपनि हाल सम्पर्कविहिन बनेको बताएका छन् । सुस्तावासीका लागि सुस्ता एक अभिषाप जस्तै भएको छ ।