काठमाडौं । साहित्यिक अन्वेषक एवं साहित्यिक पत्रकार जयदेव भट्टराईको स्मृतिमा छाडेर जानेहरु’सार्वजनिक भएको छ । जयदेवको बुवा इतिहासकार गुणदेवको ११ औं वार्षिकीमा मंगलबार कृति सार्वजनिक गरिएको हो ।
स्मृतिमा छाडेर जानेहरु जनता प्रसारण तथा प्रकाशन लिमिटेडले प्रकाशित गरेको हो । कृतिमा डायमनशम्सेर राणा, गोविन्द गोठाले, बालकृष्ण पोखरेल,फणीन्द्रराज खेताला, कमलमणि दीक्षित, कृष्णचन्द्रसिंह प्रधान, धर्मराज थापा, पुण्यरश्मी खतिवडा, देवकुमारी थापा, बुलु शर्मा, देवी शर्मा, सुन्दरप्रसाद शाह दुखी, शिव रेग्मी, जगदीशशम्सेर राणा, शिव रेग्मी, जगदीश घिमिरे, दैवज्ञराज न्यौपाने, प्रेमा शाह, मनु ब्राजाकी, कृष्णभूषण बलआदिसँगका संस्मरण र उहाँहरुको शब्दचित्र प्रस्तुत गरिएको छ ।
भट्टराईकाको यसअघि पनि मौलिक र सम्पादित गरी एक दर्जन कृति प्रकाशित भइसकेका छन् । मधुपर्क मासिकका सम्पादक भट्टराई ३३ वर्षदेखि लेखन क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।