तनहुँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थानीय युवा नेता राजनीतिसँगै पशुपालनमा लागेका छन् । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका काशीनाथ भट्टराई राजनीतिसँगै गाईपालनमा सक्रिय हुनुहुन्छ । भट्टराइर्राले राजनीतिलाई समाजसेवा र गाईपालनलाई जीवनयापनको माध्यम बनाउनुभएको छ ।
राजनीतिलाई उत्पादनसँग जोड्नुपर्छ भन्ने मान्यताका अगाडि बढेको भट्टराईले बताउनुभयो । ‘समाजसेवा गर्नका लागि राजनीतिमा होमिएँ, समाजसेवाले मात्रै घरखर्च चलाउन सकिन्न’ उहाँले भन्त्यनुभयो, ‘त्यही भएर जीवनयापनका लागि गाइर् पालेको छु । दुध बेचेर खर्च धानिएको छ ।’
नेपाल कम्युनिष्ट पार्टी बन्दीपुर गाउँपालिका–५ को वडा कमिटी सचिव रहनुभएका भट्टराईको गाईफार्ममा २९ गाई छन् । गाईबाट दैनिक २ सय लिटर दूध उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । ‘दैनिक ११ हजार रुपैयाँको दुध बेच्छु’ उहाँले भन्नुभयो, ‘सबै खर्च कटाएर महिनामा १ लाख ३२ हजार रुपैयाँ आम्दानी हुने गरेको छ ।’
भट्टराई नेकपाको वडा तहको संरचना एकीकरण हुनुअघि नेकपा एमालेको वडा कमिटीको अध्यक्ष हुनुहुन्थ्यो । पार्टी एकतापछि वडा पूर्वमाओवादी केन्द्रको भागमा परेको छ । उहाँले वडा सचिवको जिम्मेवारी पाउनुभएको छ । विद्यार्थीकालदेखि अनेरास्ववियुमा आवद्ध हुनुभएका भट्टराई विद्यार्थीकालमै गाईपालनमा लाग्नुभएको थियो । ‘क्याम्पसको अध्ययनदेखि नै गाई पाल्न शुरु गरेको थिएँ’ उहाँले भन्नुभयो, ‘विदेश जान मन लागेन, गाईपालनमै रमाउन थालेँ ।’ भट्टराईलाई पशुपालनमा पत्नी कल्पनाले साथ दिनुभएको छ । उहाँ पार्टीकोकाममा जाँदा गाईको स्याहारसुसार आफूले गर्ने गरेको कल्पनाले बताउनुभयो ।
वडाध्यक्ष बाख्रामाभानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्लले राजनीतिसँगै पशुपालनमा लाग्नु भएको छ। मल्लले बाख्राबाट वार्षिक ५० लाख रुपेयाँ आम्दानी गर्दै आउनुभएको छ । २०६९ मा त्यही वडाको नावरुङमा प्रकाश एग्रीकल्चर प्रालि फार्म दर्ता गरी २० वटा बाख्राबाट व्यवसाय शुरु गर्नुभएका मल्लले कृषकसँगै वडाध्यक्षको भूमिका निर्वाह गरिरहनुभएको छ ।
मल्लको फर्ममा अमेरिकी सानन जातका र अष्ट्रेलियन बोयर जातका १ सय बाख्रा र ५ण् भन्दा बढी पाठापाठी छन् । बाख्रालाई खुवाउन १ सय ५० रोपनी जमीनमा घाँसखेती गरिएको छ । घर नजिकैको जग्गामा बडहरे, डालेघास, बकाइनो, पाखुरी, निवारो,राईखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाइएको छ । बाख्राका लागि चार वटा छुट्टाछुट्टै खोरको व्यवस्था गरिएको छ । फार्ममा हालसम्म रु तीन करोड लगानी भएको मल्लले जानकारी दिनुभयो ।