राजन पौडेलपर्वत । ‘तिज आयो जाउन बाबु दिदी लिनलाई खुुट्टैमा ढोग गरे है भेट्दा भेनालाई’
यी र यस्तै गीत गाएर मनाउने गरेको तिज पर्व पछिल्लो समय भित्रिएको विकृति र विसंगती सहितको तिजले मनमा रौनकता होइन विरक्त लागेको छ । पछिल्लो आठदश वर्ष यता नियालेर अध्ययन गर्दा यो मनमा चिसो सिरेटोले हाने जस्तै भक्कानो छुटेर आउँछ । घरमा बिहानै उठेर दैलाे कुचो, पानीपधेँराे घासँदाउरा, मेलापात गरीन्थ्यो र बचेको समय श्रीमान र ससुराको बोली पाएमात्र गाउँका दिदीबैनी समेटिएर गाइन्थ्यो । ‘आगनीमा काउली लायो कदमैको छायाँले’, ‘तिजको लहर आयो बरिलै...’ यस्तैयस्तै दुःख र सुखका गीत गाएर साटिन्थ्यो पीर ब्यथा उ बेला बाबु । यो भनाइ हो ९५ वर्षीया वृद्ध आमा भागिरथि तक्मेलको ।
उहाँ भन्नुहुन्छ, ‘बाबु हाम्रा पालामा चाडवाड आउँदा नि सारै रमाइलो लाग्थ्यो । वर्ष भरिमा यस्तै चाडमा बल्लबल्ल श्रीमान, सासु र ससुराको आज्ञा पाएर दुईचार दिन माइतमा बस्न गइन्थ्यो । माइतमा बालापनका सैसाथि भेटेर आफ्नो दुःख पोख्न पाउँदा नि एक वर्षको अत्यास मेटिए झै लाग्थ्यो । आमाले पकाएको तामाको तरकारी एक्ले चामलको भात खान दिँदा साच्चै नै त्यो आफ्नो कर्म घरमा खेपेको वर्षौको टोकसो क्षणभरमै बिर्सिन्थ्यो ।
उ बेला तर्किन नपाउदै अर्कैको साथ लगाएर पठाइदिन्थे । हामीलाई थाहा नै हुने थिएन यो मेरो कर्म घर हो, के के गर्नु पर्छ भनेर । तर परेपछि कस्को के लाग्ने रैछ र खै ! भनिन्छ नि ‘परे पछि टर न टार’ हो त्यस्तै उतिबेला गाउँका मान्नेगुन्नेले जे भन्यो त्यही सहनु पथ्र्यो । अहिलेको जस्तो पुलीस प्रशासन थिएनन् । गाउँमा मुखिया, जिम्माल साहुहरु हुन्थे । उनीहरुले जे भन्यो त्यही चल्थ्यो । उनीहरुको नै राज थियो गाउँमा । हो त्यस्तो बेलामा मलाई जन्म दिने बाबा आमाले अर्कैको पछि लगाई दिएर विहे गरेकी हुँ ।
बिहान चार बजे उठ्नु पर्ने दैलोकुचो पानी पँधेरो गरेर सकेसि घाँस लिन जान पर्ने । आएसी उतिबेला भात खान त्यस्तै हो आटो, ढिडो खाएर मेलामा जानु पथ्र्यो । बेलुकी फर्केपछि ढिकी, जातोमा अन्न दलेर भाडा चुलो गर्दा रातिको ११ बज्थ्यो । उबेला यस्तो बिजुली पनि थिएनन् सल्लाको खोटो घिउँ राखेर दियो जलाएर त्यसैको उज्यालोमा काम गरिन्थ्यो । यसरी नै बिताइएर यहाँसम्म आइयो ।
यी वृद्ध आमाले यसरी आफ्नो कथाव्यथा पोखिरहँदा म आफैले मनमनै सोचेँ, ‘हामी त स्वर्गमा नै जन्म लिएका रैछौ’, अनि सोधेँ, आमा त्यो बेलाबाट अहिलेसम्म फर्केर हेर्दा कस्तो लाग्छ हजुरलाई ?
बाबु त्यो बेला र यो बेला त आकास जमीनको जस्तो भिन्नता छ । मलाई दुःख त छैन मेरा तीन छोरा हुन् सबै सरकारको नुनपानी खाएका छन् । तर मलाई यही कुरामा दुःख लाग्छ जब चाडवाड आउँछ ।
किनकी उबेला त्यसरी मनाएर भनौं त्यस्ता दिन देखेर झेलेर आएकी म अहिलेका केटाकेटी नातिनातिनाको चाडवाड मनाउने तरिका देख्दा आपूmले रमाएको बेला सम्झिएर मनमा चिसो पस्छ । अहिले त एक महिना अगाडि नै होटलमा, बजारमा गएर खै के जाति हो त्यो भाडोमा गीत लगाएर दर खाने न्यूमा उप्रिmएको देख्दा रौनक र मनमा कुनै उमंग छाउँदैन ।
मादलको तालमा थपडीको साथसाथै गाइने उतिबेलाको मौलिक तिज गीत खै ? कतै सुन्न पाउँछौ न त कही गाएको नै देख्न । पछिल्लो समय आधुनिकतासँगै म्युजिकको तालमा मौलिकता बाहिरका गीत गाइएका छन् ।
साँच्चै यो प्रवृति यसरी नै हावि हुने हो भने यस विषय पनि सोचनिय छ जस्तो मलाई लाग्छ । जुन समय मा एक आपसमा सम्वन्ध कति मजबुद थियो भाइचारा कायम थियो । अहिले कसैलाई कसैको मतलव छैन नकि एक घरदेखि अर्को घर किन नजोडियोस् । ओल्लो घरमा के भएको छ भनेर अहिले पल्लो घरमा थाहा हँुदैन । कसैले वास्ता नै गर्दैनन् कसैको सबै आ–आफ्नै पारामा । हाम्रा चाडपर्व मनाउने शैली फेरिएका छन् । अनि बिस्तारै हामी बीचको सामिप्यता पनि ।
हुने खानेले त मनाउलान् विभिन्न ठाउँमा गएर पर्वलाई एक उत्सवको रुपमा लिएर तर सबै हुने खाने यो हाम्रो समाजमा कहाँ छन् र ? देखासिखीमै चलेको जस्तो लाग्छ अहिलेको समाज अनि देश जहाँ निम्न वर्गका मानिसलाई हम्मेहम्मे परेको जीवन जिउन अनि परिवार चलाउन मेरो विचारमा । त्यसैले यसरी हाम्रो समाज र राष्ट्र अगाडि बढ्ने हो भने पक्कै पनि नेपालको र नेपालीको अस्तित्व मेटिन्छ । तिज पर्व भाद्र शुक्ल द्धितीयादेखि पञ्चमीसम्म मनाइन्छ ।
तिजमा भगवान शिवको पूजा आराधना साथै नाचगान समेत गरिन्छ । यी विषयमा हामिले बेलैमा सोचेनौ भने पक्कै पनि चार्डपर्व, हाम्रा रितीरिवाज ,चालचलन र संस्कृतिको नाउमा बिकृतिको जालो अझै बढ्ने निश्चित जस्तै छ ।