न त सामाजिक संजाल न त मोबाइल फोन चलाउनु भो कहिल्यैचलाउनु भो त जीवनभर केवल कुटो र कोदाली चलाउनु भोबुबाको मुख हेर्ने दिनमा हजुरलाई शुभकामना दिन त मन छ,न त धर्तीबाट स्वर्गसम्म आवाज नै पुग्छ,अब म के माध्यामबाट शुभकामना दिऊँ बुबा हजुरलाई ।
मेरै भलाईको लागि २ रुपैयाँ साँचेर,आफू भरी पेट नखाई दुःखी जीवन बाँचेरदमको उपचार नै नगरी आफ्नो श्वासनली जलाउनु भो ।
सुनेको छु समान न्याय हुन्छ, स्वर्गमा भेदभाव र शोषण हुँदैनत्यसैले लाग्छ, धर्तीमा हुँदा दमले छिया छिया भएकोहजुरको फोक्सो अहिले त सफा भयो होलायहाँ मैलै समयमै राम्रो उपचार दिन सकिँन,लाग्छ त्यहाँ पक्कै पनि हजुरको उपचार भयो होला ।
सायद त्यहाँ पनि हजुरलाई सबैले उसैगरी मन पराउँछन्किनकि, त्यहाँ पनि हजुरले मन्त्र गरेकोे पानी छर्किंदाकति दिन देखि झर्को गरिरहेका छिमेकीका साना साना बच्चाहरु,सञ्चो लागेर खेल्न थाल्छन् होला ।
त्यहाँ पनि छिमेकीलाई डोको बुनिदिएर खुशी पार्नुहुन्छ होला है बुबा ?कतिलाई त शुभ अशुभकार्यमा टपरी उनीदिएर खुशी पार्नुहुन्छ होला ।
हजुर २२ दिनको हाट पछि राजापुरबाट घर आईपुग्ने दिन,जब म घरबाट अलि परसम्म लिन जान्थेंज्वरोले थरथर काँपिरहेको ज्यूसँगैपिठ्युँमा ७० केजीको नूनको भारी बोकेकै अवस्थामामलाई देख्दा ज्वरोको रङ्ग उड्ने गरी हजुर मुस्काएकोमेरो कलिलो बालमष्तिष्कमा अझै ताजै छ ।हजुर त बानी परेको मान्छे मुस्काईहाल्नु हुन्थ्योतर त्यो बेला मलाई लाग्ने गथ्र्योेः हे भगवान मैले यस्तै भारी बोक्न नपरोस् ।।
डोकोमा नुनको भारी बोकेर मलाई अक्षर चिनाउनु भोे,म झोलामा अक्षरको भारी बोक्दै अस्तित्व रक्षामा छुफरक यत्ति हो, बुवाको त्यो डोकोमा नून थियो, योे झोलामा अक्षरहरु छन् ।
ती अक्षरमध्ये केही अक्षर हजुरलाई उपहार दिएर शुभकामना पठाउँन खोजेकोन त सामाजिक संजाल अनि न त कहिल्यै मोबाइल फोन चलाउनु भो ।चलाउनु भो त जीवनभर केवल कुटो र कोदाली चलाउनु भोअब म के माध्यामबाट शुभकामना दिऊँ बुबा हजुरलाई ।।
मलाई थाहा छ, मैलै शुभकामना पठाउन नसके पनिहजुरले आर्शिवाद हिजै पठाइसक्नुभो होला ।त्यसैले तपाई अझै हरतरहले मेरो प्रेरणाको श्रोत हुनुहुन्छ बुबातर पनि म के माध्यामबाट शुभकामना दिउँ बुबा हजुरलाई ।।