खेम बम काठमाडौं । भाषण कलामा अब्बल मानिने, बोल्ड आवाज र ह्यान्समको संज्ञा पाइरहने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पछिल्लो भाषण अहिले निकै चर्चामा छ । भट्टराईले मन्त्रीमा बहाल भएसकेपछि वृद्धवृद्धालाई ५० प्रतिशत हवाई भाडा छुट गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको थियो । प्रस्तावको निजी हवाई कम्पनीले विरोध गरे । मन्त्री भट्टराईले छिट्टै प्रस्ताव ल्याएर निर्णय गर्नुहुन्छ की भन्ने निजी हवाई कम्पनीको चिन्ता पनि थियो । त्यो चिन्ता शुक्रबार साँझ ६ बजेको वायुसेवा सञ्चालक संघ नेपालको वार्षिक साधारण सभामा बोल्दै मन्त्री भट्टराई हटाइदिनुभयो ।
निजी कम्पनीका मालिक प्रफुल्लित भए । बहस र छलफलकै माध्यमबाट वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरिने भट्टराईले बताउनुभयो । मन्त्री भट्टराईले निजी वायुसेवा सञ्चालकहरुलाई घरमा गएर वृद्ध आमाबुवालाई एकपटक सोध्न र उहाँको रायका आधारमा निर्णय लिन भन्नुभयो । हलमा हाँसो गुञ्जियो । बोल्ने क्रममै मन्त्री भट्टराईले स्वर्ग जाने बाटोको सदुपयोग गर्न हवाई कम्पनी मालिकलाई आग्रह गर्नुभयो । पुनः हाँसो गुञ्जियो ।
नेपालमा बृद्धबृद्धाको संख्या र आन्तरिक उडान स्थितिमुलुकमा जनसंख्याकाे ३ दशमलव ५९ प्रतिशत वृद्धवृद्धा छन् । जसमा सबैले हवाई उडान गर्दैनन् । देशैभरका नागरिकको राष्ट्रिय परिचयपत्र बनिसकेपछि निजी हवाई कम्पनीले ठगिनुपर्ने छैन । सबै नागरिकको पूर्ण विवरण राष्ट्रिय परिचयपत्रमा रहनेछ । आन्तरिक तर्फको उडानमा वार्षिक रुपमा सरदर २८ लाख मानिसले हवाइयात्रा गर्छन । त्यसमा वृद्धवृद्धाको संख्या न्यून छ । कुल जनसंख्याको ३ दशमलव ५९ प्रतिशत वृद्धवृद्धाको संख्यालाई हवाई भाडामा छुट दिँदा निजी विमान कम्पनीलाई ठूलो घाटा व्यहोर्नुपर्ने देखिदैन । राज्यले निजी कम्पनीलाई सहुलियत हुनेगरी अन्य प्रोजेक्ट तयार गर्नसक्छ । जस्तैः पार्किङ शुल्क, कर विदेशी कम्पनीसँगको सम्झौता आदि । मुलुकका हरेक क्षेत्रमा नागरिकलाई राज्य अभिभावक हो भन्ने धारणा स्थापित गर्न समेत छुट प्रावधान राखिएको हुन्छ । निजी विद्यालय, मेडिकल कलेज, यातायात आदि ।
हवाइ उडानमा विश्वको स्थितिहवाई उडानमा छिमेकी मुलुक भारत, अमेरिका, कोस्टारिकालगायतका देशमा सहुलियत दिने गरी काम भएको देखिन्छ । नेपालको सन्दर्भमा सामाजिक उत्तरदायित्वसहितको सेवा दिन निजी कम्पनी तयार हुनु आवश्यक देखिन्छ ।
भिडियो हेर्नुहोस्ः
https://youtu.be/jSdMA_33PgA