बीना श्रेष्ठकाठमाडौं । बुवा दलसिंह गहतराज तथा आमा लख्खी गहतराजका पाँच सन्तानमध्यकी जेठी सन्तान हुन दीपा गहतराज अर्थात दीपानारायण झा । दीपाको जन्म नोभेम्वर १३ मा दार्जिलिङको कालिङपोङमा भएको हो । दीपा बाल्यकालमा दीपा आफनो मनको कुरा समेत भन्न नसक्ने लजालु स्वभावकी थिइन ।
दार्जिलिङको सेन्टफीलोमिना स्कुलबाट शिक्षा हाशिल गरेकी दीपालेले स्कुल पश्चात थप आर्टस बिषय लिएर क्यालकत्तास्थित सीटी कलेजमा भर्ना भइन् । उनका आमा–बुवा दुबै गीत गाउनु हुन्थ्यो । बुबा दलसिंह गुप्त विभागका डी आई जी हुनुको साथै कुशल कलाकार समेत थिए । दलसिंहको नेप्टी चेप्टी दार्जिलिङ कस्तो छ..... बोलको गीत त्यतिबेला दार्जिलिङमा निकै चर्चित थियो । बुबा नै गायक भएकाले दार्जिलिङ मात्र होईन दीपाको घरमा पनि संगीतमय वातावरण थियो । त्यही वातावरणमा हुर्किएकी दीपाको पनि सानै उमेरदेखि गीत संगीतमा झुकाव बढ्दै जान थाल्यो । सुन्दा अचम्म लाग्न सक्छ दीपाको आमाको भनाई अनुसार दीपाको अलिअलि बोली फुट्न थालेदेखि नै तोतेबोलीमा गीत गाउँथिन् रे ....एकातिर गीत गाउँने रहर त छँदै नै थियो अर्काेतिर उमेरसँगै स्कुलको पढाईको श्रेणी बढ्दै जाने क्रममा विभिन्न विदेशी मुलुकको बारेमा लेखिएका विषय वस्तु उनको दीमागमा यसरी बस्यो कि किताबमा पढेका कुरालाई त्यी देशमा नै पुगेर प्रतीक्षा हेर्ने ठूलो धोको थियो । त्यतिबेलाको बालमनस्थितिमा उनले सोच्न भ्याएको एउटै कुरा थियो एयर होस्टेज बने प्लेनमा घुम्न पाइन्छ अनि ती देशमा पनि सजिलै पुग्न पाइन्छ । यही सोचेर दीपा भविष्यमा एयर होस्टेज बन्न चाहन्थिन् ।
एयर होस्टेज बन्ने ठुलो सपना बुनेर मन लगाएर पढ्न थालिन् । हरेक कलाकारको पहिलो स्टेज स्कुलको प्राङ्गण भए जस्तै सानैदेखि गीत गुनगुनाउन थालेकी दीपाको पनि पहिलो स्टेज उनले पढ्ने स्कुलको प्राङ्गण नै बन्न पुग्यो । पहिलो पटक औपचारिक रुपमा स्कुलमा भएको साँकृतिक कार्यक्रममा भाग लिएर गीत गाउन थालेकी दीपाको सुमधुर आवाजलाई खुब मनपराएर सबैले तारिफ गरे । उनको गायकी देखेर एकदीन दार्जिलिङमा हुने भानु जयन्तीको अवसर पारेर गरिएको गायन प्रतियोगितामा स्कुलको प्रतिनिधित्व गर्दै दीपालाई गीत गाउनको लागि पठाए । घरमा नै गुरुको रुपमा आमा बुबा पाएकी दीपालाई गीतको सानो भन्दा सानो हर्कत कँहा र कसरी लिनुपर्छ, भन्ने राम्रो ज्ञान थियो । त्यतिबेला उनले तिमीले सुम्पेका मायाहरु मैले .... बोलको गीत गाएकी थिइन् । उनको मन्त्रमुग्ध बनाउने अपत्यारिलो स्वर नभन्दै गायन प्रतियोगितामा उनी प्रथम स्थान हा गर्न सफल भइन् ।
कार्यक्रममा प्रथम भएसँगै उनको चर्चा स्कुलमा मात्र नभई दार्जिलिङभर हुनथाल्यो । त्यसपछिका दिनमा कही कतै सांगीतिक कार्यक्रम भयोको दीपाको नाम आइहाल्थ्यो । यसरी नै स्कुलको पढाईसँगै दीपाको सांगीतिक यात्रा पनि बिस्तारै उकालो लाग्दै थियो , गाउँका अग्रज कलाकारले उनीलाई भविष्यकी सफल गायिकाको रुपमा भविष्य बवणी समेत गर्न थालिसकेका थिए । पछि बुबाको जागिरको शिलशिलामा क्यालकत्ता सरुवा भएसँगै दीपा पनि आमा बुबासँगै क्यालकत्ता गइन् । सायद त्यहाँको वातावरण नै त्यस्तै भईदियो जसकारण दीपा गीतसंगीत भन्दा बढी आफनो करियरतर्फ बढी केन्द्रित हुनथालिन् । सानैदेखिको एयर होस्टेज बन्ने सपना बुनेकी दीपा अन्ततः एयर होस्टेज बनेरै छाडिन् । उनी एयर इन्टरनेष्नल इण्डियामा एयर होष्टेजको रुपमा आवद्ध भइन् ।ठाउँ फेरियो ,शहर फेरियो , पढ्ने स्कुल फेरियो , स्कुलका साथीहरु फेरिएसँगै फेरिएको उनको रहरले एयर होस्टेज बनेकी दीपाले गीतसँगीतप्रति चटक्कै माया मारी हालेकी भने थिइनन् । यसैबिच नेपालमा निजी क्षेत्रबाट बन्न लागेको नेपाली चलचित्र माईती घरमा पहिलो पटक निर्देशक प्रताप सुब्बाले ब्रेक दीएपछि शुरू भएको उनको सांगीतिक यात्रा त्यसपछि भने कहिल्यै उनले पछाडि फर्केर हेर्नु परेन ।त्यतिबेला नेपालमा गीत रेकर्ड गर्न मिल्ने प्रविधिभित्री सकेको थिएन , गीत रेकर्ड गर्नको लागि भारत नै जानुपथ्र्याे । त्यतिबेलामा बन्न लागेको नेपाली चलचित्र माईती घरको लागि गीत रेकर्ड गर्न निर्देशक प्रतापसुब्बासहितको टोली भारतको कलकत्ता पुगेका थिए । त्यही बेलामा माइतीघर चलचित्रमा समावेश सानोमा सानो कुसुमे रुमाल.... बोलको गीत दीपाले पनि गाउने अवसर पाइन् । गीतमा दीपासँगै दार्जिलिङकै अर्का दुई गायिका स्वर सम्रागी अरुणा लामा , दावा ग्याल्मोले पनि स्वर थिए , भने दार्जिलिङ कै वरिष्ठ सँगीतकार शान्ति ठटालले संगीत भरेकी थिइन् ।पहिलो पटक त्यो पनि ठूलो पर्दाको चलचित्रमा गीत गाउन पाउनु चानचुने कुरा थिएन । गीत रेकर्ड भएपछि आफनो आवाज सुन्न दीपा जति पर्खाइमा थिईन त्यो भन्दा बढी उनका बुबा आतुर थिए । छोरीको आवाज रेडियोमा सुन्नको लागि केही दिनदेखिे बुबा दलसिंहले हातमा रेडियो छोडेका थिएनन् । एकदिन बिहानै रेडियो नेपालबाट दीपाको नाम उद्घोष गर्दै गीत बज्यो सानोमा सानो कुसुमेरुमाल....त्यतिबेला नामसहित आफनो गीत रेडियो नेपालबाट पहिलो पटक सुन्दा खुशीले भुईमा खुट्टा थिएन , त्यस्तै उनको आमा बुबाको पनि खुशीको कुनै सिमा थिएन । त्यो पल सम्झदा बुबालाई सम्झदै भक्कानिएर मन थाम्न सकिनन् ।समय बित्दै जाने क्रममा एकदीन नेपालबाट गायक उदित नारायण झा आफनो एल्बमको गीत रेकर्ड गर्नको लागि भारत पुगे । उदितको गीत डोयेट भएकाले वरिष्ठ संगीतकार रञ्जित गजमेरले उदीतको एल्मवमा गीत गाउनको लागि दीपालाई बोलाए । पहिलो पटक उदितलाई भेट्न रञ्जित गजमेरको घर पुगेकी दीपालाई शुरुमा त उदितलाई देखेर कस्तो गीत गाउला भनेर शंका नै लाग्योपछि केही समयको औपचारिक कुराकानी पश्चात उदितले यस्तो गीत हो, भनेर गाएर सुनाएपछि दीपा तीन छक्क पर्नुको साथै उदितको स्वरको फयान नै भइन् । त्यही गीत पछि कलकत्ताको स्टुडियोमा रेकर्ड भयो एल्मवको नाम थियो “हाम्रो गीत” । रन्जित गजमेरको बहिनी निर्मला गजमेरको शब्द तथा रञ्जित गजमेरको संगीत रहेको भुलि गए सम्झनामा कुसुमेरुमाल.... र गहिरो गहिरो सागर जस्तो...बोलको दुबै गीत अत्याधिक चर्चित भयो ।“हाम्रो गीत” एल्मवमा समावेश उदित र दीपाको आवाजमा रहेको दुबै गीत निकै चर्चित भएपछि त्यही गीतपछि आएर निर्देशक तुलसी घिमिरेले चलचित्र कुसुमे–रुमालमा त्यस्तै भुलि गए सम्झनामा कुसुमेरुमाल...बोलको गीत र शम्भु प्रधानले सम्झना चलचित्रमा गहिरो गहिरो साग जस्तो ...बोलको गीत आफनो चलचित्रको लागी समावेश गरेका थिए ।आफनो एल्मवको गीत चर्चित भएसँगै दीपाको चर्चा चारैतिर फैलिसकेको थियो । यसैबीच दीपालाई अर्काे ठूलो अवसर जुर्याे नेपाली चलचित्र वासुदेवमा पाश्र्व गायन गर्ने । चलचित्र वासुदेवका निर्देशक वरिष्ठ कलाकार नीर शाहले दीपालाई त्यो संजोग जुराईदिए । वासुदेव चलचित्रमा उनले गाएको जति चोखो जति निर्मल यही आकाशको पानी... बोलको उक्त गीत पनि सर्वाधिक चर्चित हुन सफल भयो ।कलकत्तामा नै रहेको बेलामा उनले गाएको गीतको चर्चासँगै नेपाली संगीतिक क्षेत्रमा उनको चर्चा चलिदै जान थाल्यो फलस्वरुप नेपाली चलचित्र क्षेत्रमा उनको आवाजको डिमाण्ड बढन थाल्यो । एकपछि अर्काे गर्दै गीत गाउँदै जाने क्रममा १) मायाको बारीमा प्रीतिको फूल , २) सधै उडी हिड्ने बादललाई... ३) सम्झना बिर्सना सलललल... लगायतका उनले गाएका दर्जनोै गीत चर्चित छन् ।
ठूला ठूला आँखा सर्लक्क परेको ज्यान कुनै हिरोइन भन्दा कम थिईन, त्यसो त निर्देशक तुलसी घिमिरेले चलचित्र कुसुमेरुमालमा नायिकाको प्रस्ताव पनि राखेका थिए तर घिमिरेको उक्त प्रस्तावलाई सिदै अस्वीकार गरेकी दीपाले सांगीतिक क्षेत्रमा नै जीवन बिताउने निर्णय गरिसकेकी थिइन् ।त्यतिबेला नेपाली चलचित्रमा पाश्र्व गायिकाको रुपमा एकछत्र राज गरेकी दीपालाई बंगाली फिल्ममा पाश्र्व गायन गर्ने फेरि अर्काे सुनौलो अवसर जुर्याे । उदितसँगको चिनजान पश्चात दुबैले सँगै गाएका गीत चर्चित भयाे । त्रयसपछि विभिन्न स्टेज शाेमा समेत उदित र दीपाको डिमाण्ड बढ्न थाल्यो । यसैबीच शाे गर्ने क्रममा उनले गाएको देखेर बाबुल बोस नाम गरेका बंगाली म्युजिक डाइरेक्टरले पहिलो पटक बंगाली फिल्म “मोन मानेन” मा पाश्र्व गायनमा दीपालाई अनुबन्धित गरे ।
त्यसपछि उनको यात्रा बलिउडतर्फ मोडियो । नेपाली ,बंगाली , भारतिय , मैथली , भोजपुरी लगायत सोह« भाषामा गीत गाइसकेकी दीपाले ”कब हुई गाउना हमार“ नामक भोजपुरी चलचित्र लेखन तथा निर्माण त गरिन् । चलचित्रलाई उनका भाई आनन्द गहतराजले निर्देशन गरेका थिए । भोजपुरी चलचित्र क्षेत्रमा नै नयाँ आयाम ल्याएकी थिइन् । भोजपुरी चलचित्र क्षेत्रमा नै पहिलो पटक विदेशमा छायांकन गरिएको थियो । त्यही चलचित्रबाट ५५ वर्षको इतिहासपछि दीपाले न्याष्नल अवार्ड समेत हात पारिन् । आफूले निर्माण गरेको पहिलो फिल्मबाट यति ठूलो सफलता हात पारेकी दीपालाई फिल्म निर्माणमा थप हौसला मिल्यो । उनले त्यसपछि एक दर्जनको हाराहारीमा उनले फिल्म निर्माण गरिन् ।
भारतीय चलचित्र क्षेत्रमा जमिरहँदा पनि दीपाले नेपाली गीतसंगीतलाई चटक्कै माया मारेकी भने हुँदै होइन , समय मिलाएर नेपाली गीतह पनि गाई नै रहेकीछन् । ५ दशक लामो साँगीतिक यात्रामा सोह« भाषामा चार हजार भन्दा बढी गीत रेकर्ड गर्नुको साथै कार्यक्रमको शिलशिलामा थुप्रै देशबिदेश भ्रमण गरिसकेकी छन् । सांगीतिक क्षेत्रमा उनले पुर्याएको योगदानको उचित कदर गर्दै नेपाली तथा भारतबाट सम्मान स्वरुप बंगाल अवार्ड , महिला शिरोमणि सम्मान लगायतका थुप्रै पुरस्कार तथा सम्मानपत्रबाट सम्मानित भैसकेकी छन् ।
सांगीतिक क्षेत्रमा लागेर दीपानारायणले नाम मात्र कमाइनन् असल जीवन साथी समेत पाइन् । गीतकै शिलशिलामा संगीतकार रञ्जित गजमेरको माध्ययमबाट दीपाको भेट उदितनारायण झासँग भएको थियो । पछिसँगै गीत गाउँदै जाने क्रममा उनीहरुबीचको मित्रता मायामा परिणत भयो र अन्ततः १९७६ मा दीपा र उदित वैवाहिक बन्धनमा बाँधिए ।दीपा र उदितको पहिलो चिनजान “हाम्रो गीत” एल्मवको शिलशिलामा रञ्जित गजमेरको माध्यमबाट भएको थियो । शुरुमा त उदितको दुब्लो पात्लो ज्यान देखेर त्यति प्रभावित नभएकी दीपापछि उदितले गीत गाएको सुन्दा उदितको स्वरप्रति आकर्षित भइन् । बिस्तारैसँगै गीत गाउँदै जाने क्रममा उनीहरुबीच गहिरो मित्रता गाँठो कसिसकेको थियो । सँगै सहकार्य गर्दै जाने क्रममा उनीहरुको मित्रतापछि आएर प्रेममा परिणत भयो र उनीहरु वैवाहिक बन्धनमा बाँधिए ।वैवाहिक बन्धनमा बाँधिए पश्चात दीपाको लागि उदितले श्रीमानको भूमिका मात्र नभएर संगीत गुरुको भूमिका समेत निर्वाह गरे । नेपाली गीत कुशलताका साथ गाउने दीपालाई भारतीय गीत गाउनको लागि भने केही समस्या थियो, त्यसको लागि शब्द उच्चाहरणदेखि लिएर बाल्यकालदेखि संगीतको थप शिक्षा श्रीमान उदितबाट नै पाइन् ।हरेक सुख दुःखमा साथ दिने वाचा गरेका उदीतले दीपाको बुबाको निधन पश्चात सम्पूर्ण जिम्मेवारी आफूले लिनुको साथै दीपाको परिवारको लागि बुबाको निधन पश्चात दोश्रो अभिभावकको रुपमा जिम्मेवारी स्वयम उदितले नै निर्वा गरे ।वैवाहिक बन्धनमा बाँधिएको ३२ औं व;न्त पार गरिरहँदा उदित र दीपाका एक सन्तान छन् । आदित्य नारायण झा । आदित्यले पनि आमा–बुबाको नै बिडो थामेर छुट्टै पहिचान बनाइसकेका छन्।आदित्य भारतीय टेलिभिजनमा कुशल संचारकर्मी , एक्टर तथा नेपाली तथा भारतीय सांगीतिक क्षेत्रमा चर्चित गायकको रुपमा स्थापित गराउन सफल भैसकेका छन् ।भारतमा नै बसोबास गर्दै आएपनि दीपाले नेपाली गीत गाउने शिलशिलामा नेपाली सांगीतिक क्षेत्रमा थुप्रैसँग सहकार्य गरिसकेकी छन् । रगतको नाता भन्दा भावनाको नाता गाढा हुन्छ भने झै गीतसंगीतले जोडिएको उनको चीनजानपछि आएर उनीसँग सहकार्य गरिसकेकाहरूसँगको उनको नाता गहिरो छ । त्यस्तैमा पर्छन् , सँगीतकार आलोक श्री । दुई दशक लामो चीनजान अनि सँगै सहकार्य गरिरहँदा आलोकको बुझाईमा दीपानारायाण मनमा कुनै पाप नभएको स्पष्टवक्ता रहेको बताउँदै शुरुवातदेखि नै दीपानारायणको गायकीबाट आफू प्रभावित भएको बताउँछन् ।https://youtu.be/C_7GBdSzBqg