एलबी विश्वकर्मा‘हरेकले आफ्नो पेशालाई माया गर्नुपर्छ , जुन दिन त्यो गर्न छोड्छाैं हामी आफै मरिसकेका हुनेछौं ।’ बागबजारमा रहेको एक पसलमा गफिँदै गायक डम्बर विकले भने । बेलाबेलामा भेट भइरहँदा प्राय: उनले समाज सुधारको चिन्ता लिन्छन् । जति पटक हाम्रो भेट हुन्छ, हाम्रो गफ नै त्यही हुन्छ । डम्बरले सिक्दै सिकाउदै १० वर्ष साङ्गीतिक क्षेत्रमा विताइसकेका छन् । तर पनि उनी आफूलाई एक सिकारु भन्न रुचाउँछन् ।
बाल्यकालएक सामान्य दलित परिवारमा जन्मिएका गायक डम्बर विकको बाल्यकाल कैलाली जिल्लाको साविकको दुर्गौली गाविस–५ धर्मापुर (हाल जानकी गाउँपालिका–६)मा हुर्किए । बुवाको राम्रो कमाई र आमाको मायाले उनलाई बाल्यकालमा धेरै दुःख सहन परेन् । गायक विक भन्छन्– ‘बाल्यकालमा सामान्य पारिवारीक समस्या आउँदा बुवा आमाले समाधान गरिहाल्नु हुन्थ्यो । मैले जटिल समस्या सामाना गर्नु परेन ।’ उनी ५ वर्षमा विद्यालय जान थाले । त्यसबेला बुवाआमाले उनलाई भन्ने गथ्र्ये– ‘मेरो छोरा शिक्षक बन्छ, र गाउँको विद्यालयमा पढाउँछ ।
बुवा आमाको मिठो कुरा सुनेर उनलाई पनि शिक्षक बन्ने रहर जागेर आउँथ्यो । नआओस् पनि कसरी ? उनी बालक हुँदा गाउँमा शिक्षकलाई अति नै सम्मान गरिन्थ्यो । यो देखेर उनलाई शिक्षक पेशाप्रति मोह बढ्न थालेको थियो । टिकापुरको सप्तऋषि माध्यामिक विद्यालयमा ७ वर्ष उनले शिक्षक बन्ने धोको लिएरै पढाई गरेका थिए । जब उनी कक्षा ८ पढ्न थाले, उनले नारायण गोपालको नसोध मलाई एल्वम ‘जुनफुल मैले’ र ‘प्रियसीको यादहरु’ गीतबाट प्रभावित भएर गाएक बन्ने रहर पलाएको थियो । यसपछि उनको सपना फेरियो । गाएक बन्ने धोको राख्न थाले । पहिलेपनि कक्षामा सामान्य गीत गाउने उनलाई गायक बन्ने धोको बन्यो । उनले गायनमा भविष्य खोज्न थाले ।
साङ्गीतिक यात्राको शुरुवात२०६१ सालमा एसएलसी पास गरेका डम्बरलाई शुरुमा के गर्ने ? कता पढ्ने ? भन्ने चिन्ता लागेको थियो । फेरि साङ्गीतिक यात्रालाई पनि अघि बढाउनु पर्ने थियो । नायक नायिका र गायक गायिकाहरु काठमाडौंमा हुन्छन् भन्ने उनले सुनेका थिए । साथी र गाउँका केही जानेबुझेकाहरुले पनि यही सुझाव दिए । त्यसपछि आफ्नो सपना पूरा गर्न र उच्च शिक्षा हासिल गर्न उनी काठमाडौं छिरे । आरआर क्याम्पसबाट आफ्नो बाँकी अध्ययनलाई निरन्तरता दिए । उनले ८ कक्षा गर्दा नै सङ्गीतमा केही गर्नुपर्छ भन्ने लागेको थियो । तर, त्यो कैलालीमा बसेर सम्भव थिएन । उनको हुटहुटीलाई कैलालीले मूर्तरूप दिनसक्ने अवस्थामा पनि थिएन । त्यतिबेला केलाली त्यति विकशित भइसकेको पनि थिएन । जसका कारण आफ्नो सपना साकार पार्न उनले लामो समय पर्खनुपर्यो । उनको त्यो पर्खाई अविष्मरणिय र अति नै मिठो थियो । सपना यति मिठो थियो– ‘अध्याँरो रातलाई चिर्दै पातपातमा सितका थोपा दिएर विदाई हुने त्यो सुन्दर बिहानी जस्तै । त्यही सपनाले सुत्न नदिएर तराईको उत्पात गर्मिमा खरको छानामुनी छटपटिएका ति रातहरु सपना जस्तै लाग्छ अहिले ।’ अन्ततः त्यो पर्खाई नजिकिँदै आयो । काठमाडौं आउने पक्कापक्की भयो । २०६४ साल भाद्र महिनाको ५ गते हजारौ सपनाको साथमा गाडीमा सपनाको शहर काठमाडौं छिरे । काँधमा एउटा झोला मात्र बोकेर काठमाडौं आइपुगे ।
काठमाडौंमा आफन्त पनि त्यति थिएनन्, भएकाहरुले पनि सहयोग गर्दैनन् थिए । एकातिर कमजोर आर्थिक स्थिति अर्कोतिर गगन चुम्ने सपना । काठमाडौं आएपछि सपना पूरा गर्न धेरै भौतारिए । उनलाई काठमाडौं गल्लीसँग नै प्रेम बस्यो । सपना साकार पार्न पुस, माघका चिसा बिहान र औँशीका अध्यारा रात पनि सुन्दर लाग्न थाल्याे । भगवती बस्नेतको कविता जस्तैःनाइल झैँ अनवरत यात्राबाध्यताले जकडिएको जीवनक्षितिज पारीको बिरानो गाउँआहा ! कति सुन्दर गोरेटाहरुनिष्पट औंसीको त्यो रातनिरही मनजुनकिरीहरुको सल्बलाहटभ्यागुताहरुको आर्तनादम यसै दुःखीम उसै दुःखीमुसलधारे वर्षाअध्यारो कालरात्रीजताततै कैकेईहरु भेट्छुजिन्दगी उजाड,अनि सपना सुन्दर छ ।
काठमाडौंका सबै स्टुडियो धाए । कसैले पत्याएनन् । गायक बन्न के गर्नुपर्छ भनेर सल्लाह दिने पनि कोही थिएन् । एकदिन एकजना गायकले भने यसरी गायक बनिदैन भाइ । पहिले सङ्गीत सिक्नुपर्छ । बल्ल डम्बरको आँखा खुल्यो । यसपछि उनले श्रुती सङ्गीत विद्यालयमा सङ्गीत सिक्न थाले । जब रेडियो नेपालबाट सङ्गीत प्रशिक्षण पाएपछि उनी गायक बन्न लायक बने । संघर्ष एल्बमको ‘तिम्र्रो नजिक बन्दिन म’ नामक पहिलो एल्वम बजारमा आयो । उनले हाँस्दै भने– मैले अपेक्षा पनि गरेको थिइन । यतिका गायकको माझमा म पनि एक गायकको रुपमा चिनिन्छु । तर, जब संघर्ष एल्मवको ‘तिम्र्रो नजिक बन्दिन म’ गाएँ, यसैले गायक डम्बर विक भनेर चिनायो । पहिलो एल्मवले नै मलाई एक गायकको रुपमा परिचित गरायो । अहिले यो सोच्दा आफै दङ्ग पर्छु । अहिले पुनः संघर्ष भाग २ ल्याउने तयारी गरिरहेको छु ।
चर्चा चाहिँदैनआरआर क्याम्पसबाट सङ्गीतमा स्नातक गरेका गायक विकलाई चर्चा र मिडियाबाजीको चाँसो छैन । अधिकांश कलाकारहरुले मिडियाबाजी गरेर चर्चा बटुल्न खोजेका हुन्छन् । तर, उनको चाहना यस्तो छैन । उनले तडकभडक पनि खासै गर्दैनन् । प्रायः केही स्टेज कार्यक्रममा उनी पुगेपनि खासै जाँदैनन् । गहन, शालिन, भद्र र मिठो बोलिले उनले सजिलै मान्छेलाई आकर्षित गर्न सक्छन् । तपाइँ किन मौन रु प्रश्नमा उनको उत्तर आउँछ, ‘मेरो परिचय मैले बोलेर वा कुनै विज्ञापन गरेर देखाउनु छैन । कामले त्यसको परिचय आफै दिनेछ ।’
गुरुको ऋणीउनको जीवनकालमा सबैभन्दा विश्वासिलो साथी सङ्गीत हो । जुन उनको पेशा र सीप पनि हो । माया, घृणा दर्शाउन मात्र होइन । जीवन चलाउन समेत सङ्गीतकै महत्वपूर्ण भूमिका छ । तर, उनलाई गुरुको ऋण तिर्न नसकेको ठूलो गुनासो छ । साङ्गीतिक क्षेत्रमा डम्बर विक भनेर चिनाउन गुरुहरु भिम चापागाई, दिनेश थापा, नरहरी प्रेमी र भूपेन्द्र रायामाझीको भूमिका अविस्मणीय छ । हात समाउदै उनीहरुले सङ्गीत सिकाए । गायक बन्न लायक बनाए । उनी भन्छन्– सायद उहाँहरुको त्यो नपाएको भए, म गायक हैन, एक ट्याक्सी चालकको रुपमा पो परिचित हुन्थ्ये की ! यस्तै उनी गायक गोपाल योञ्जन, नरेन्द्र प्यासी र रामकृष्ण ढकालप्रति पनि उत्तिकै आभारी छन् । जसले डम्बरलाई गायक बन्न लालायित बनाउने गीत पस्किएका थिए । तिनै गाएकका गीतले गायनतर्फ तानेको थियो । अहिले पढ्दै पढाउँदै उनको दैनिकी बनिरहेको छ । साथै अहिले तिम्रो हेराइभित्र माया छ भन्ने बुझे नामक गीत बजारमा ल्याउँदैछन् ।
भ्रमणगायक विकले भारत र नेपालका अधिकांश स्थानमा साङ्गीतिक यात्रा गसिकेका छन् । उनी वास्तवमा घुम्न रुचाउने व्यक्ति हुन् । तर पनि आफै सङ्गीत शिक्षक भएका कारण घुम्ने फुर्सद हुँदैन् । आफैले सिकेर मात्र केही नहुने भएका कारण उनले आफ्नो ज्ञान पछिल्लो पिँढीलाई हस्तान्तरण गरेर जानुपर्छ भन्ने धारणा छ । उनी भन्छन्– ‘यो ज्यान एकदिन जलेर जाने हो, त्यसबेला मसँगै मेरो कला पनि जलेर जानेछ । यो भन्दा आफूसँग भएको ज्ञान पछिल्लो पिँढीलाई हस्तातरण गर्न पाउँदा गर्व लागेकाे छ ।