काठमाडौँ । अनेक विवादास्पद् अभिव्यक्तिका कारण समाचारमा प्रमुख शीर्षक बनिरहने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अवैध यौनसम्बन्धका कारण फेरि संसारभर समाचारमा छाएका छन् । एक एडल्ट फिल्म स्टारले आफ्नो सम्बन्ध ट्रम्पसँग रहेको खुलासा गरेपछि ट्रम्प पनि विवादमा तानिएका छन् ।
एडल्ट फिल्मस्टार स्टोर्मी डेनियलले भनेकी छन्, ‘मेरो सम्बन्ध ट्रम्पसँग थियो र उनको बेडमा कस्तो ‘परफर्मेन्स’ छ, राम्रै जानकार छु ।’
वाल स्ट्रिट जर्नलमा छापिए अनुसार, ट्रम्पको सचिवालयले डेनियललाई १ लाख ३० हजार दिएका थिए अर्थात् एक करोड तीसलाख नेपाली रुपैयाँ र भनिएको थियो, ‘यो कुरा बाहिर नजाओस् ।’ तर पत्रिकाले अन्तरवार्ता लिने क्रममा डेनियलले यो कुरा खुलासा गरिन् । ट्रम्पले डेनियलसँग त्यतिखेर सम्बन्ध बनाएका थिए, जतिखेर पत्नी मेलिनिया ट्रम्पले छोरा बेरोनलाई जन्म दिएकी थिइन् । र, छोरा चार महिनाको थियो ।
‘पहिलो भेटमै डिनरको अफर आयो,’ डेनियलले भनेकी छिन्, ‘ट्रम्प कुरा अरुसँग गरिरहेका हुन्थे, तर मलाई हेरिरहेका हुन्थे ।’ डेनियलले खुलासा गरेकी छिन्, ‘ट्रम्प बसेको होटलको कोठामा जाँदा पाइजामा लगाएर टिभी हेरिरहेका थिए ।’ उनीहरुबीच असुरक्षित शारिरीक सम्बन्ध भयो । डेनियलले सम्झेकी छिन्, ‘ट्रम्प बारम्बार भनिरहन्थे, फोन गर्नू, अरु लामो समय बिताउन चाहन्छु, र एकपटक लस एञ्जल्सको वेवेरले हिल्स होटलको प्राइभेट बंगलामा पनि बस्यौँ ।’
डेनियलले भनेकी छिन्, ‘ट्रम्प मलाई छोरीजस्तै स्मार्ट र ‘सुन्दरी’ लाग्छ भनेर फुर्काउँथे ।’ डेनियलको खास नाम स्टेफनी क्लिफोर्ड हो । उनले आफ्नो र ट्रम्पको तस्बिर पनि शेयर गरेकी छिन् । ट्रम्पले भने यसबारे केही बोलेका छैनन् । (एजेन्सीको सहयोगमा)