बिर्तामोड । संविधान दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले बिर्तामोडमा जनसभा आयोजना गर्ने भएको छ । जिल्ला कमिटीको मंगलबार सम्पन्न बैठकले असोज ३ गते संविधान दिवसमा १५ हजार कार्यकर्ताको सहभागितामा गर्ने नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो।
पाचौं संविधान दिवसलाई झापामा भव्य रुपमा मनाउने निर्णय भएकाे बताउँदै पाठकले भन्नुभयो, जनसभामा झापाका सबै पार्टी सदस्यको उपस्थिति रहनेछ । पार्टीका शिर्ष नेताले सम्बोधन गर्ने जनसभामा जिल्लाकाे क्षेत्र न. १ बाट २५ सय, क्षेत्र न. २ बाट ५ हजार , क्षेत्र न.३ बाट १५ हजार, क्षेत्र न. ४ बाट २ हजार र क्षेत्र न. ५ बाट २५ सय जनालाई गराइने नेकपाको लक्ष्य छ ।
संविधान दिवस समाराेह आयोजनाका लागि प्रेम गिरीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । उपसंयोजकमा अरुण श्रेष्ठ र सदस्यहरुमा खड्ग तिम्सिना पवन, प्रेम प्रसाद सिटौला, मोहन सुब्बा, ध्रुव शिवाकोटी , एकराज कार्की, भुपेन्द्र न्यौपाने, सुबास भट्टराई , हरी राना, सार्दुल ओली, पुण्य प्रसाद खरेल, प्रकाश भट्टराई रहेका छन् ।
बैठकले संविधान दिवसका दिन स्थानीय स्तरमा असोज ३ गते साँझ दिपावली गर्ने, सबै पार्टी सदस्यले आफ्नो–आफ्नो घरमा पार्टी झण्डा र राष्ट्रिय झण्डा फहराउनु पर्ने निर्णय गरिएकाे छ ।