गजल
खै किन हो आजभोली रुच्दैनन् देउताहरुईमान्दारको भाका कहिल्यै बुझ्दैनन् देउताहरु
जस्ता रहुन यिनीहरु सधैं मान्छेले नै पुज्नुपर्नेअसल मानिसलाई नि पुज्दैनन् देउताहरु
जति पुज्दा नि खुसी हुन्नन्, न त फकाउँदा नैआजकाल त गाली गर्दा नि रुठ्दैनन् देउताहरु
जे गर्दा नि सहेझैँ गरी फाइदै लिने न हुन्,तर्क, ज्ञान र असलसँग जुझ्दैनन् देउताहरु
के सहि के गलत, छुट्ट्याउने ल्याकत खै यिनमा ?लाग्छ, यो त झन कहिल्यै सोच्दैनन् देउताहरु
ईमान्दार र जाली दुवै मन्दिर धाउँदाको अनुभवजालिलाई न्यायको कसिमा कोच्दैनन् देउताहरु
देखेँ एक हुल लुटेराहरुले महायज्ञ चलाइरहेकोत्यस्तालाई मन्दिरभित्रै किन लुट्दैनन् देउताहरु ?
छेउकै बागमतिमा गौ रक्तको आहाल बगिरहँदा,गाइका हत्यारालाई किन कुट्दैनन् देउताहरु ?
खै किन हो आज भोली रुच्दैनन् देउताहरुईमान्दारको भाका कहिल्यै बुझ्दैनन् देउताहरु