कविता
एकाएक उनीहरुकोअनुहारको भाव बदलियो,उज्यालो हरायो रलुप्त भयो आँखाको चमकपरिचयकै क्रममा रहस्य खुलेपछिपश्चिम पहाडको नामसँगैउनीहरूले मलाई यसरी हेरे,जस्तो की मकुनै आदिम जंगलबाट निस्केरभर्खर शहर पसेकोपुरातन मानव हुँ ।
मित्रहरू अवतरित भए उपदेशकमार वर्षा हुन थाल्यो नयाँ युगका,नयाँ सभ्यताका उपदेश ।अभाव, अशिक्षा, गरिबी,अन्धविश्वास र छाउपडी ।यी सबै मैले नै सिर्जना गरेको हुँसमाज मैले नै पछि पारेको हुँउनीहरू नयाँ युगका, नयाँ सभ्यताका वाहकआधुनिक युगका सचेत नागरिक ।उनीहरूको आँखामा म एक अन्धविश्वासको वाहकपुरातन संस्कृतिको पुजारीसभ्यता नचिनेको मान्छेएक विकट बस्तीकोआफैमा पुरातन युग बाँचिरहेकोएक पुरातन मान्छे ।
उनीहरूले बोके नकारात्मकताको भारीर चिने म र मेरो भूमि ।उनीहरुको आँखा अनि मनमापर्न सकेन पश्चिम पहाडकोदुःख र संघर्षमानव विहिन बस्ती रएक्लो पहाड ।खाडीमा बेचिएका पसिनाहरू,मृत्यु कुरेर बसेका बूढाहरुप्रियको पर्खाइमा बसेका युवती सपना ।अहँ, केही पनि देखेनन ।उनीहरुले कहिल्यै नाम सुनेननदशरथचन्द/जयपृथ्वी अनि पहलमानसिंहहरूउनीहरुले बुझेनन् भीमदत्तपन्त, बाँकावीर,द्वारिकादेवी, केआई सिंह, प्रेमसिंहपश्चिम पहाडको दुःख र पीडालेसिंचेका अनेकन कर्मशील प्रतिभाकहिल्यै चिनेननमात्र बड्बडाइरहे, ‘अभाव, अशिक्षा अनि अन्धकारअर्थात् पश्चिम पहाड ।’उनीहरुले देखेनन्एक हुल मान्छेहरूचेतनाको ज्योति बालेरनयाँ जीवनको खोजीमा लागेको ।देखेनन् उनीहरूले देशका लागिपसिना बगाउने कैयौं कर्मशील हातहरू ।
नयाँयुगको नयाँ संघारमा उभिएरम गरिरहेछु नयाँ परिचयको आरम्भर गरिरहेछु नयाँ उद््घोष,ज्ञान र चेतनाको दौडमाआऊ प्रतिस्पर्धा गरौं ।सामूहिक अस्तित्वबोधका साथएक नयाँ परिचयको थालनी गरौंजहाँहुनेछ,नयाँ सम्भता, नयाँ संस्कृतिअनि नयाँ नेपालको नयाँ मार्गचित्र ।