आशिष बहादुर सिंह बझाङ । जयपृथ्वी नगरपालिकाले घरपसलबाट मासिक रकम लिने गरेपनि सदरमुकाम चैनपुरको वातावरण झन् दुर्गन्ध बन्दै गइरहेको छ ।
सदरमुकाम चैनपुरमा ढल निकासको उपयुक्त व्यवस्था नह्ँदा सधैँजसो दुर्गन्धित हुने गरेको छ । सिँचाई, कुलो र घरघरबाट निस्कने ढल सडकमा आउँदा मानिसलाई हिड्डुल गर्न सास्ती हुने गरेको हो ।
‘सदरमुकाम हो भन्दा पनि लाज लाग्ने अवस्था भैसक्यो’ झन् मानतावादी राजा जयपृथ्वी सिँह भनेर नगरपालिकाको नाम नामाकरण गरेको छ । वर्षाको समयमा जतिपल्ट बजार गयो त्यतिपल्ट लुगा फेर्नु पर्ने हुन्छ गर्मी याममा बजारको छेउछाउमै फोहोरको ढङ्गगुर थुपार्ने गरेको कारण बजारमा बस्ने मानिसलाई रोगले सताउने गरेको ललित सिँहले बताए ।
बाग्लो बस्ती भएकाले जताततै फोहोरै फोहोर छ’ सदरमुकामको लोकतान्त्रिक चोक, प्रशासन चोक, सुर्मादेवी मन्दिर, चौगाउँ टोल लगायतका ठाउँमा पानीको पाइप लाइन सिँचाईको ढल निकासको लागि नाला बनाउँदा ठेकेदारले तोकिएको मापदण्ड पुरा नगरेका कारण फोहोर अड्किने गरेको तथा उपयुक्त निकास नहुँदा यस्तो अवस्था सिर्जना भएको नगरबासीको भनाइ छ ।
बजारमा बस्नेहरुले सदरमुकाम चैनपुर भएर बग्ने नालीमा जथाभावि प्लाष्टिक, सिसा लगायतका फोहोर फाल्ने र नालीमा फोहोर अड्केर सडकमा हिलो बग्ने गरेको हो । खानेपानीका पाइपलाइन पनि ढल बग्ने ठाउँमा खुला छोडिएका कारण पानीमा पनि प्रदुषण मिसिन सक्ने खतरा बढेको छ । सडकमा ढल बग्दा खानेपानीको पाइप व्यवस्थित नहुँदा दिन प्रतिदिन सदरमुकाम दुर्गन्धित बन्दै जान थालेको हो ।
नगरपालिकाले सरसफाईको लागि भनेर घर, पसलबाट पैसा असुल्ने गरे पनि सदुपयोग भने भएको देखिदैन । नगरपालिकाबाट पनि लाखौं रकम खर्चिने गरिएको छ । तर बिडम्बना चैनपुर सफा हुँदैन । जनतालाई सहज वातावरण बनाउन नगरपालिकाले महत्वपूर्ण कदम चालेको नगरपालिका प्रमुख विरेन्द्र खड्काले बताए ।