१७ असोजको गोधूली साँझमा नेपाली राजनीतिलाई फरक सन्देश दिएका दुई कम्युनिष्ट नेताले आज आइतबार गोधूली साँझ कस्तो सन्देश सञ्चार गराउलान् ? आममानिसमा पनि कौतुहलता कायमै छ र प्रतीक्षा छ गोधूली साँझसम्मको ।
काठमाडौँ । १७ असोजको गोधूली साँझअघि राष्ट्रिय सभागृहमा दुई कम्युनिष्ट पार्टीः नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एकता गर्ने सन्देश दिँदै एकसय भन्दा बढी दलहरुको चुनाव उठ्ने सपनाको बेलुन फुटाइदिए ।
त्यतिमात्र होइन, माओवादी छाडेर नयाँ शक्ति बनाउने अभियानमा हिँडेका डा. बाबुराम भट्टराईसमेत एकता प्रक्रियाको बिस्कुन मिलाउन आइपुगे । निर्वाचनमा संयुक्त घोषणा पत्र बनाएर जाने, उम्मेदवार एउटै हुने, अझ चुनावचिन्हसमेत मिले एउटै बनाउने भनेपछि पूर्वपञ्च, मधेसीलाईसमेत कांग्रेससँग मिल्न बाध्य पार्ने काम गरे ।
निर्वाचनमा उत्साहजनक सहभागिता देखियो । कम्युनिष्ट एकताका पक्षधरको बहुमत देखियो र दुईतिहाइ नजिक कम्युनिष्ट मत रहँदा बाबुराम भट्टराई यो मेलोमा सारथि बनिरहन सकेनन् । संघीय सरकारका अलावा ७ प्रदेश सरकारमा ६ वटा प्रदेश सरकारमा वामवर्चश्व देखिँदा सरकार गठनको मेलो सुस्त बनाइएको छ खेडेरीका बेला कुलोको पानी पनि पटाएर लिसिङलिसिङ घुमाइएको चैतको घट्ट झैँ ।
पार्टीको नाम, पद, संरचना, शीर्षनेताहरुको व्यवस्थापन बैठक एजेन्डा छन् । सरकार गठनसँगै दुई पार्टीका नेता कार्यकर्ता व्यवस्थापन, जनवर्गीय संगठनहरुमा नेतृत्व बाँडफाँड र पार्टी सञ्चालनका एजेन्डा बैठकको विषयबस्तु हुनेछ ।
सरकार गठनअघि पार्टी एकता अभ्यासमा लागेका शीर्ष नेताहरु यो बीचमा निकै धपेडीमा परे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्रशोकमा परे । एमाले अध्यक्ष केपी ओली स्वास्थ्य परीक्षणका लागि बैंकक गएनन् मात्र, निर्धारित समय भन्दा दुई दिन थप बसे । ओली फर्केपछि दाहाल र ओलीको बैठक निरन्तर बालकोटमा जारी छ ।
शीर्ष नेताहरुको व्यवस्थापन टुंगिएको छ । प्रधानमन्त्रीमा ओली पक्का छन् । प्रदेशमा मुख्यमन्त्री र सभामुखको भागवण्डा मिलिसकेको छ । २५ सदस्यीय मन्त्रीमण्डल लगभग तय भइसकेको छ । कार्यकर्ता जति सक्छौ चाँडो एकता गर भनिरहेका छन् । यस्तो अवस्थामा ओली र दाहाल पछिल्लो ७२ घण्टा ‘वान टु वान टक’ मा छन् । आइतबार देशभर आफ्ना पार्टीका नेता तथा कार्यकर्ताले प्रदेश सभामा शपथ खाएर सरकार बनाउने कसरत शुरु हुँदा ओली निवासमा दिउँसो ३ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ ।
पार्टीको नाम, पद, संरचना, शीर्षनेताहरुको व्यवस्थापन बैठक एजेन्डा छन् । सरकार गठनसँगै दुई पार्टीका नेता कार्यकर्ता व्यवस्थापन, जनवर्गीय संगठनहरुमा नेतृत्व बाँडफाँड र पार्टी सञ्चालनका एजेन्डा बैठकको विषयबस्तु हुनेछ ।
१७ असोजको गोधूली साँझमा नेपाली राजनीतिलाई फरक सन्देश दिएका दुई कम्युनिष्ट नेताले आज आइतबार गोधूली साँझ कस्तो सन्देश सञ्चार गराउलान् ? आममानिसमा पनि कौतुहलता कायमै छ र प्रतीक्षा छ गोधूली साँझसम्मको ।
शीर्ष नेताहरुको व्यवस्थापन टुंगिएको छ । प्रधानमन्त्रीमा ओली पक्का छन् । प्रदेशमा मुख्यमन्त्री र सभामुखको भागवण्डा मिलिसकेको छ । २५ सदस्यीय मन्त्रीमण्डल लगभग तय भइसकेको छ । कार्यकर्ता जति सक्छौ चाँडो एकता गर भनिरहेका छन् । यस्तो अवस्थामा ओली र दाहाल पछिल्लो ७२ घण्टा ‘वान टु वान टक’ मा छन् ।