भगीरथ भण्डारी इलाम । ‘पर्यटनको लागि साहित्य’ भन्ने मूल नाराका साथ इलाममा भइरहेको महोत्सवको दोस्रो दिन साहित्यकार, कलाकार तथा राजनीतिज्ञले विभिन्न शीर्षकका ८ विषयमा बहस गर्नुभएको छ ।
पर्यटनका आयामहरु विषयको विमर्श सुरु भएको छ ।मुख्य वक्ता हरिसचन्द्र राई, केशव धौराली, डा. देवी क्षेत्री दुलाल र सहजकर्ता धर्म गौतम रहेका थिए ।
निर्माणको जिम्मा विषयमा सुरेश नेम्बाङ, रवि सिंह, दीपक गौतमसँगको बहस सन्तोष नेम्बाङ सहजीकरण गरिएका थिए । सिनेमाको सन्देश विषयमा प्रकाश आङदेम्बे, स्वस्तीमा खड्कासंगको बहशको शहजीकरण सुरेन्द्र राईले गरे ।
त्यस्तै साहित्यको पछिल्ला आन्दोलनहरुको सन्दर्भमा उन्मुक्त पुस्ता, फरक आयाम, कुकुर कविता र सहजकर्तामा मुनाराज शेर्मा रहेका थिए । नेपाली साहित्यमा मन्धुुम÷मुन्दुम विधामा मुख्य वक्ता भूपाल राई र धर्मेन्द्रविक्रम नेम्वाङ, सहजकर्ता गणेशकुमार राई रहे भने गीतको दुःख विधामा मुख्य वक्तामा कोमल निरौला, गुरुङ सुसान्त, चन्द्र आङदेम्बे र सहजकर्तामा युविर चेम्जोङ रहेकाथिए ।
यस्तै अधिकारको पेवा सन्दर्भ विचारमा मुख्य वक्तामा जेवी विश्वकर्मा, सीमा आभास, कृष्ण धराबासी र सहजकर्तामा समीरबाबु कट्टेलले प्रस्तुती दिएका छन । के गणतन्त्र खतरामा छ ? भन्ने राजनीतिक विधामा मुख्यवक्ता विश्वप्रकाश शर्मा, खगेन्द्र सङग्रौला माथिको बहसको सहजिकरण बसन्त बस्नेतले गरेका छन् ।