बाँके । कला र साहित्यले धनी मानिएको प्रदेश–५ को बाँके जिल्लालाई केन्द्रित गर्दै मोडलिङ प्रतियोगिता आयोजना गरिने भएको छ ।
बाँके र आसपासका जिल्ला समेट्दै नगर युवा सञ्जाल कोहलपुरद्वारा सञ्चालित तथा बिग नेपाली फिल्मसकाे प्रस्तुति तथा द नेक्स्ट मोडल बाँकेको आयोजनामा प्रतियोगिता गरिने भएको हो ।
प्रतियोगीले विभिन्न स्थानबाट अडिसनका लागि आवेदन दिई भाग लिन सक्ने सञ्जालका अध्यक्ष रमेश मिजारले जानकारी दिनुभयो । राष्ट्रिय स्तरबाट आयोजना गरिएको हुनाले प्रतियोगीका लागि उच्च प्लेटफर्म हुन सक्ने आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रमलाई सफल बनाउन नगरपालिका, वाणिज्य संघ होटल व्यवसाय तथा जिम्मेवार संघ संस्थाले सहयोग गर्ने बताइएको छ । प्रतियोगिताको अडिसन कार्तिक १, ३, ८ र ९ गते हुने बताइएको छ ।
प्रतियोगिताका लागि कोहलपुरको रोयल फिटनेस क्लब र दश बिघाको अन्नपूर्णा होटेल, नेपालगञ्जका लागि सिद्धार्थ यास क्याफे, सुर्खेतका लागि मेलकुना भोटेचौर र सारे मालारानी रहेको कुरा जानकारी दिइएकाे छ।
प्रतियोगिताका विजेताले एक लाख नगदका साथै चर्चित गायक कमल खत्रीको गीतमा म्यूजिक भिडियो खेल्न सक्ने, विज्ञापन तथा सर्ट मुभिजमा खेल्न सक्ने जनाइएको छ । त्यस्तै, फाइनलमा पुग्ने प्रतियोगीले पनि विभिन्न आकर्षक उपहार प्राप्त गर्न सक्ने आयोजकले जानकारी दिएको छ ।