काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १० दशमलव १३ बिन्दुले बढेर १ हजार १४५ दशमलव ६९ ले बढेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव १९ ले बढेर २५० दशमलव २१ पुगेको छ ।
नेप्से उकालो लाग्दा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ । मंगलबार १६४ कम्पनीको १३ लाख ८६ हजार २८ कित्ता शेयर ३१ करोड १४ लाख ८८ हजार ६ सय ५२ रुपैयाँमा किनबेच भएको छ । कारोबार भएका ११ उपसमूह मध्ये ३ उपसमूहको शेयर ओरालो लागेको छ । होटल ७ दशमलव ९३, उत्पादन ५२ दशमलव ९२ र सामूहिक लगानी कोष शून्य दशमलव ०१ ले घटेका छन् ।
यस्तै बैंकिङ १२ दशमलव ८१, विकास बैंक ३ दशमलव ८४, जलविद्युत् ५ दशमलव १८, वित्त ९ दशमलव ६८, निर्जीवन बीमा ४९ दशमलव १२, अन्य ९ दशमलव १२, लघुवित्त ११ दशमलव २९ र जीवन बीमा १६ दशमलव ६१ ले बढेको छ । कारोबारका आधारमा मंगलबार नेपाल बंगलादेश बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । बंगलादेश बैंकको ७ करोड १ लाख २५ हजार रुपैयाँमा कारोबार भइ शीर्ष स्थानमा छ ।
यस्तै शिवम् सिमेन्टको ४ करोड ३० लाख ३ हजार ५ सय १७, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर ३ करोड ३१ लाख ८७ हजार ९ सय ९६, मेगा बैंक १ करोड ३४ लाख ९७ हजार २ सय ७३, नेपाल दूरसञ्चार कम्पनी १ करोड २९ लाख ५० हजार ८ सय ५, हिमालयन डिस्ट्रिलरी १ करोड ६ लाख ८७ हजार ७ सय २० र सिद्धार्थ बैंक ९५ लाख २७ हजार रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा सिनर्जी पावरका लगानीकर्ताले ६ दशमलव ८५, युनियन फाइनान्स ६ दशमलव ५९, रिलायन्स फाइनान्स ६ दशमलव ३६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६ प्रतिशतले कमाए । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक ए दशमलव ०९, शिवम् सिमेन्ट ५ दशमलव ४५, ओरियन्टल होटल ३ दशमलव ११, मल्टीपर्पोज फाइनान्स कम्पनी ३, साञ्जेन जलविद्युत् कम्पनी २ दशमलव ८७, र तिनाउ मिशन डेभलपमेन्ट बैंकका शेयरधनीले २ दशमलव ५८ ले गुमाएका छन् ।