महिलाको भनाई
(सभामुखले राजीनामा दिनुअघि)उहाँ(सभामुख महरा)ले साँझ ७ बजे म आउँछु’ भनेर फोन गर्नुभयो । केहीबेरमा रक्सी बोकेर आउनुभयो । आज दशैं सँगै मनाऊँ’ भन्नुभयो । पहिल्यै खाएर आउनु भएको रहेछ । फेरि २ गिलास खानुभयो ।
कोठामा पस्ने बित्तिकै जर्बजस्ती गरेपछि ममाथि कुटपिट पनि भयो । कुटाइबाट मेरो जीउ थिलोथिलो भएको छ । यो भन्दा पहिले पनि ममाथि दुर्व्यवहार प्रयास भएको थियो ।
उहाँलाई मैले २०४७ सालदेखि नै चिनेकी हुँ । रोल्पा हुँदा उहाँकै घरमा बस्थे । त्यहाँ बस्दा फेमली जस्तै भइसकेको थियो । यतिसम्म गर्नुहोला भन्ने लागेको सोच्या थिइँन । प्रहरी बोलाउँछु भनेपछि मात्रै जानुभयो । ‘यतिसम्म गरिस् कि त हुँदैनस्, कि म रहन्न’ भनेपछि जानुभएको हो ।
उहाँ( महरा)ले ‘कति बेला आऊँ, के गरौं ?’ भनेर जतिबेला पनि त्यही कुरा गर्नुहुन्थ्याे । त्यो भन्दा मलाई मनै पर्दैन्थ्यो ।
सभामुखले राजीनामा दिएपछिउहाँ (सभामुख महरा) मेराे डेरामा आउनु भएकै छैन । नआएको मान्छेलाई आएको भनेर कसरी भन्नू ? संसदमा उहाँको प्रेसर जाँच्ने क्रममा भेट हुने हो, कहिलेकाही फोनमा पनि कुरा हुन्छ ।
मैले उहाँलाई मेरो बुबा जस्तै सोच्छु । उमेर पनि बाउकै जस्तो छ । त्यही भएर मैले उहाँलाई बाउलाई गर्नुपर्ने रेस्पेक्ट गर्छु । बाउछोरीकै नातामा कसैले शंका गर्छ र त्यसमा अनेकथरी कुरा गर्छ भने त्यसमा मलाई कुनै लेनादेना छैन, तिनीहरुले नै भोग्नुपर्ला ।
मैले एक पटक सभामुखज्यूसँग हाम्रो समायोजनबारे कुरा गरेकी थिएँ । मेरो समायोजन निकै दुर्गम ठाउँमा भएको छ । त्यो मिलाई दिनुहोला भनेकी थिएँ । हुन्छ हुन्छ भन्नुभएको थियो तर भएन । त्यसपछि मलाई रिस उठ्यो । म अलि डिप्रेशनमा पनि छु । औषधि खाइरहेको छु । समायोजनको विषयमा उहाँसँग फोनमा झगडा पनि भयो ।
हिजो मलाई मिडियामा त्यस्तो बोल्न प्रभावित पारेको मेरै रिसले हो, अरु कसैले होइन । डिप्रेशनको औषधि पनि हाइडोजमै लिइरहेकी थिएँ । रिसकै तालमा प्रहरी लगायत क–कसलाई फोन गरेँ थाहा छैन । तर अहिले सुनियोजित तरिकाले उहाँलाई पदच्युत गरेर त्यसमा आफू ‘स्टाबिलिस’ हुने खालको माहोल मैले देखेँ। विभिन्न सञ्चारमाध्यमबाट संकलित