काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रपत्रिकाले शनिबार दशैं सम्बन्धित समाचारलाई प्राथकिमता दिएका छन् ।
पत्रपत्रिकामा चिनियाँ राष्ट्रपतिको भ्रमण तयारी, प्रहरीमा भएको भ्रष्टाचारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानविनसहित राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रका विविध समाचार प्रकाशित भएको छ ।
गोरखापत्र दैनिक– यसै महिनाको अन्त्यमा हुन गइरहेको चीनका राष्ट्रपति सी चिनफिङको औपचारिक नेपाल भ्रमणको व्यापक तयारी भएको छ ।
सरकारको विशिष्ट निकाय, गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, प्रशासनिक निकाय, विकासका साझेदारी लगायत सबै निकायमा यतिबेला राष्ट्रपति सीको भ्रमणको तयारीको चटारो छ । नेपालीको महान चाड पर्व बडा दशैंकोको अवधि भए पनि यस पर्वको अघि र पछि तयारी अवस्थामा बस्न कर्मचारीलाई निर्देशन दिइएको छ ।
कान्तिपुर दैनिक– नेपाल पर्यटन बोर्डले पर्यटन पर्यटन प्रवद्र्धनको लागि भरेर विभिन्न मुलुकमा दूत नियुक्त गरेको छ । यसरी नियुक्त गएिको दूत अमेरिकामा छ्यास्छ्यास्ती छन् । को, कहाँ, किन दूत बनेका छन् ? सरकारलाई जानकारी छैन ।
अन्नपूर्ण पोष्ट दैनिक– राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन सभामुख कृष्णबहादुर महरा र रोशनी शाही प्रकरणमा शुक्रबार गृहमन्त्री र प्रहरी प्रधान कार्यालयसँग छानविनबारे जानकारी मागेको छ । आयोगले अनुगमन गरी सत्यतथ्य बाहिर ल्याउन ३ सदस्यीय अनुमगन समिति समेत गठन गरेको छ ।
राजधानी दैनिक– चाड पर्वको नजिकिँदै गर्दा व्यापारीले मनोमानी रुपमा उपभोग्य वस्तुको भाउ बढाएर सामान बिक्री गर्छन् । कतिपय व्यापारीले यही मौकामा कमसल खालका (गुणस्तरहीन) सामान बिक्री गर्छन् । व्यापारीको त्यस्तो कार्य रोक्न सरकारले बजार अनुगमनमा तीब्रता दिएको छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले चन्द्रागिरी नगरपालिका वडा नम्बर १० सानो भर्याङस्थित विभिन्न पसलमा छापन मारेको छ । अनुगमन टोलीले मिठाई पसलको साथै चोकीचाकी, लुभिट, चोकोरिट, जुसी मिल्क, रोस, जुसी मिल्क म्यांगो पाउँच, मोपीको फोर्टी–उट पाउँच, पास्टी केक लगायतका वस्तु गुणस्तरहीन भएको पाएको जनाएको छ ।