काठमाडौं । दशैंको टीकाको दिन नेपाली सेनाले निःशुल्क रुपमा बस संचालन गर्ने भएको छ । सेनाले असोज २१ गते टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क रूपमा बस चलाउन लागेकाे हो ।
त्यसदिन सार्वजनिक यातायात न्यून हुने भएकोले आवागमनमा सुविधा पुर्याउने निःशुल्क रुपमा बस संचालन गर्न लागिएको सेनाले जनाएको छ । सेजाले विभिन्न ७ रुटमा बस सेवा संचालन गरिने जनाएको छ ।
सेनाको बस एउटा रुट भद्रकाली हुँदै कालीमाटी, कलंकी, नागढुंगासम्म चल्ने छ । अर्को रुट भद्रकाली हुँदै कालीमाटी, बल्खु हुँदै कीर्तिपुरसम्म चल्ने छ । भ्रद्रकालीबाट नयाँ बानेश्वर, कोटेश्वर, गठ्ठाघर र सूर्य वियायकसम्म पनि सेनको बस चल्नेछ ।
त्यस्तै भद्रकालीबाट लैनचौर, महाराजगंज, बूढानिलकण्ड, सम्म अर्को रुढ तय भएको छ । भद्रकालीबाट चावही, जोरपाटी, थली र साँखुसम्म पजिन सेनाको बस चढ्न पाइन्छ । सेनाले चक्रपथ समेत गरिक्रममा गर्ने गरी अर्को रुढ तय गरेको छ ।
सेनाले अघिल्लो वर्ष पनि दशैंमा निःशुल्क रुपमा बस संचालन गरेको थियो । नाकाबन्दीको पनि पनि सेनाले काठमाडौंm उपत्यकामा निःशुल्क रुपमा बस संचालन गरेको थियो ।