काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निश्पक्ष छानविन गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । ६४ औ प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कुनैपनि कसिमको दबाबमा नपरी निश्पक्ष अनुसन्धान गर्न प्रहरी संठनलाई सचेत गराउनुभएको हो । ‘
अपराध अनुसन्धान गर्दा सतापक्ष, राजनीतिक दल, ओहोदा, पद वा सम्पत्ति लगायतका पहुँच नहेनुस्’ उहाँले भन्नुभयो, ‘ ‘म सरकारको तर्फबाट भन्न चाहन्छु । कुन पार्टी सरकारमा छ ? यो प्रहरीले वास्ता गर्नुपर्ने विषय होइन । कसले अपराध गर्यो ? त्यो अनुहार हेर्नुपर्ने पनि विषय होइन । को पक्षमा छ, को विपक्षमा छ ? त्यो प्रहरीले मतलब राख्नु हुदैन । को कुन पदमा छ , कुन ओहोदामा छ , के हैसियतको मान्छे हो ? कति सम्पत्तिवान मान्छे हो । यस्ता कुरा प्रहरीले मतलब गर्नुहँुदैन । कानुनको पालना, कार्यान्वयन र अनुहार नहेरीकन निश्पक्ष छानविन गर्नुपर्छ । कसैको दबाब मान्न हुदैन ।’
प्रधानमन्त्रीले राजनीतिक दबाबको बेवास्ता गरे निश्पक्ष न्याय निरुपणबाट समाजमा सत्य स्थापित हुने प्रष्ट्याउनु भयो । ‘अपराधलाई राजनीतिकरण गर्ने, अनि राजनीतिलाई अपराधीकरण गर्ने प्रवृति रोकिनुपर्छ, अहिले सरकारले त्यस्तो प्रवृति रोक्छ’ उहाँले भन्नुभयो, ‘समाजमा कसैबाट निश्पक्ष अनुसन्धान गर्न व्यवधान खडा गर्ने, प्रहरीलाई नै आरोप लगाउने प्रवृत्ति पनि छ । प्रहरी त्यसप्रति सधै सजग हुनुपर्छ ।’
प्रधानमन्त्रीले प्रहरी दिवस भव्य र उल्लासपूर्ण रुपमा मनाउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै अमर प्रहरी दिवस र प्रहरी दिवश छिुट्टा छुट्टै मनाउने व्यवस्था गर्न आग्रह गर्नुभयो । दुवै दिवस एकै दिन मनाउदा ‘बधाई दिने कि समवेदना’ दिने भन्ने अप्ठ्यारो स्थिति हुने बताउनु भयो ।