काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तर सबै पत्रपत्रिकाले शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणलाई उच्च प्राथमिकताका साथ प्रकाशित गरेका छन् । चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको नेपाल भ्रमणले उत्साह बढेको छ । पत्रपत्रिकाले फरक फरक शीर्षकमा चीनको विविध पक्ष प्रकाशित गरेका छन् ।
कान्तिपुर दैनिक– केही वर्षयता नेपालमा चीनलाई लिएर दुइटा विषयमा चर्चा हुने गथ्र्यो ः रेल र राष्ट्रपति( ती मध्ये चिनियाँ राष्ट्रपति त २३ वर्षको अन्तरालमा शनिबार नेपाल भ्रमणमा आउँदैछन् । केरुङ–काठमाडौं रेलमार्गले भने कहिले मूर्तरुप पाउला वा नपाउला, त्यसको छनक पनि यही भ्रमणमा मिल्नेछ ।
रेलमार्ग बाहेक पूर्वाधार विकाससँग सम्बन्धित दर्जन भन्दा बढी सम्झौता हुने भएकाले राष्ट्रपति सी चिनफिङको भ्रमणलाई यहाँ महत्वका साथ हेरिको छ । चीनले भने आर्थिक साझेदारीसँगै नेपाल आफ्नो प्राथमिकताको मुलुक भएको राजनीतिक सन्देश दिन चाहेको छ ।
अन्नपूर्ण पोष्ट दैनिक– चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणमा शनिबार काठमाडौं आउँदैछन् । उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन् ।सार्कका प्रभावशाली नेताको रुपमा रहेका नरेन्द्र मोदीसँग ममिल्लपुरम उडान–२ वार्ता गरी उनी सार्क अध्यक्ष समेत रहेको मुलुक आउनुलाई अर्थपूर्ण रुपमा हेरिको छ ।
नागरिक दैनिक– राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चीनका राष्ट्रपति सी चिनफिङ शनबार नेपाल आउँदै छन् । राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ४ः३० बजे देदि ५ः३० बजेबीच ओर्लने छन् । सीको स्वागतको लागि राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थल जाने कार्यक्रम छ । प्रधानमन्त्री केपी ओली पनि सीको स्वागतमा विमानस्थल जाने संभावना छ ।
नयाँ पत्रिका दैनिक– चीन विश्वकै सबै भन्दा ठूलो आधिकारिक ऋणदाता बनेको छ । उसले सन् २०१८ सम्ममा विश्वका विभन्न मुलुकमा ५० खर्ब अमेरिकी डलर ऋण लगानी गरिसकेको छ । यो रकम विश्वको कुल गार्हस्थ उत्पादन(जिडिपी)को ६ प्रतिशत हो ।चीनले गरेको आर्थिक सहायता मध्ये ८० प्रतिशत उदयीमान बजार तथा गरिब मुलुकमा गएको छ । तर चीनको सीमा जोडिएको नेपालमा भने हालसम्म् चिनियाँ सरकारी अनुदान तथा ऋणको मात्र नगन्य मात्रै छ ।
छिमेकी मुलुकको तुलनामा पनि नेपालले चीनबाट पाएको ऋण तथा अनुदानको आकार अत्यन्तै सानो छ । सन् २०१७ मा पाकिस्तानले चीनबाट ३५ अर्ब अमेरिकी डलर(३५ खर्ब रुपैयाँ भन्दा बढी) सहायता पाएको छ । यो उसको जिडिपीको ११ प्रतिशत हो । तर नेपालले भने २०१७ सम्म ३६ करोड ३४ लाख अमेरिकी डलर ऋण सहयोग प्राप्त गरेको अर्थ मन्त्रालयको तथ्यांक छ । यो नेपालको त्यो वर्षको जिडिपीको तुलनामा एक दशमलव ४६ प्रतिशत मात्रै हो ।