काठमाडौं । राजधानीबाट प्रकाशित राष्ट्रियस्तरका पत्रपत्रिकाले मंगलबार राजनीतिक, आर्थिक र सामाजिकसहित विभिन्न विषयका समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
पत्रपत्रिकामा सत्तारुढ दल नेकपामा नयाँ सभामुख बनाउने गृहकार्य भइरहेको समाचार प्रकाशित भएको छ । पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।
गोरखापत्र दैनिक– आन्तरिक वा वैदेशिक रोजगारीका क्षेत्रमा पछिल्लो पटक सकारात्मक सूचक देख्एिका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले यस क्षेत्रमा रहेका बेथिति अन्त्यका लागि निरन्तर लागेसँगै सकारात्मक सुचक देखिएका हुन् ।
कान्तिपुर दैनिक– कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ दल नेकपाभित्र प्रतिनिधिसभाको सभामुखको लागि उपयुक्त पात्रको खोजी शुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरँदा सभामुख पदमा पूर्व एमाले र पूर्व माओवादी खेमाबीच तानातान हुन थालेको छ ।
अन्नपूर्ण पोष्ट दैनिक– जलविद्युत विकास र बिजुली निर्यातको मार्गप्रशस्त गर्ने पूर्वाधार मानिएको नेपाल–भारत दोस्रो सीमापार अन्तर्देशीय प्रसारण लाइन (४०० केभी) निर्माणको टुंगो लगाउने गरी ोपालले प्रस्ताव गरेको छ । नेपालको प्रस्तावमा सोमबार भारतको बैंङ्लोरमा उर्जा–सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लुजी)मा छलफल भएको छ ।
नागरिक दैनिक– केन्द्रीय सत्ता र स्थानीय वर्चश्चको भरमा अपराधको सञ्जाल संचालन गर्दै आएका रौतहट क्षेत्र नम्बर २ का निलम्बित सांसद महम्मद आफताब खालमसम्म अन्तत कानुनको हात पुगेको छ । कानुनको हात लामो हुन्छ भन्ने भनाइ यतिबेला चरितार्थ भएको छ ।
पटकपटक मन्त्री भएका दुई कार्यकाल नेपाली कांग्रेस रौतहटको सभापति भएका तथा कोइराला परिवारसँग घनिष्ट सम्बन्ध भएका आलम कानुनी कठघरामा पुगेका छन् ।
राजधानी दैनिक– चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणसँगै चिनियाँ रेल काठमाडौंसम्म आउने आधार तय भएको छ ।राष्ट्रपति सीको भ्रमणमा केरुङ–काठ रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएसँगै नेपालीको रेल सपना साकार हुने संकेत मिलेको छ ।