माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता । राजनीतिमा सरल, दूरदर्शी र दिग्गज नेताको रुपमा चिनिनुहुन्छ उहाँ । पूर्व प्रधानमन्त्री नेपाल नेपाली राजनीतिको पूर्वार्द्धमा कांग्रेस हो या उत्तरार्द्धमा माओवादी, राजनीतिमा सदैव मध्यमार्गी नेताका रुपमा सुपरिचित हुनुहुन्छ । सरल तथा मिलनसार र जनमुखी भावना नेता नेपालको पहिचान नै हो ।
२००९ साल फागुन २६ गते रौतहटको गौरमा मंगलकुमार उपाध्याय र दुर्गादेवीका जेठो छोराका रुपमा जन्मिनु भएका नेपाल १३ वर्षको कलिलो उमेरमै राजनीतमा होमिनु भयो । विद्यार्थी कालदेखि नै वामपन्थी झुकाव राख्नुभएका नेपाल ४ दशकदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । २०२६ सालमा पुष्पलालको हातबाट कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका नेपालमा वामपन्थी झुकाव, आकर्षणसँगै भारतीय कम्युनिष्ट आन्दोलन र चारु मजुम्दारको योगदानको गहिरो छाप परेको छ ।
डेढ दशक एमालेको नेतृत्व सम्हाल्नुभएका नेपाल २०४७ सालको संविधानको मस्यौदाकार हुनुहुन्थ्यो । माओवादीलाई शान्ति प्रकृयामा ल्याउन कांग्रेसलाई सहमत गराउने कार्यमा नेपालको महत्वपूर्ण भूमिका छ । एमाले र माओवादी केन्द्रको एकतामा पनि नेपालको भूमिका उल्लेखनीय छ । राजनीतिमा विभिन्न उतारचढाव भोग्नु भएका नेपाल रक्षा तथा उपप्रधममन्त्री हुँदै प्रधानमन्त्री भइसक्नु भएको छ । लामाे समय विपक्षी दलका नेता रहेर मुलुकमा कम्युनिष्ट विचार र जनमत निर्माणमा सक्रिय हुनुभयो ।
राजनीतिमा सधैँ शान्तिको पक्ष लिँदै आउनु भएका नेपाल बढी विदेश घुम्ने नेतामा पर्नुहुन्छ । नेपालको सबै जिल्ला घुम्ने नेतामा पर्नुहुने नेपालले समग्र वस्तुस्थिति बुझ्नु भएको छ । राजनीतिमा सरल जीवनशैली, उच्च छवि र हैसियत भए पनि नेपालमाथि बेलाबखत आफ्नो पक्षका नेता तथा कार्यकर्ता संरक्षण गर्न नसकेको आरोप लागि रहन्छ । तर मुलुकको राजनीति जब संकटमा पर्छ तब खोजी हुन्छ नेता नेपालको । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र मुलुकको समसामयिक अवस्थामा केन्द्रित रहेर जनता टेलिभिजनको कार्यक्रम ‘द भ्यू विचार मन्थन’मा उहाँसँग गरिएको कुराकानी :
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई कसरी लिनु भएको ?
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अत्यन्तै आवश्यक थियो । हामीले लामो समयदेखि उहाँको नेपाल भ्रमणको अपेक्षा गरिरहेका थियाैं । चिनियाँ राष्ट्रपतिको २३ वर्षको अन्तरालमा भएको यो सानो अध्याय हाेइन । यसलाई ठूलै अध्याय मान्नुपर्छ । चीन र भारत हाम्रो छिमेकी मुलुक हो । छिमेकी मुलुकका राष्ट्रपतिले कम्तीमा पनि ५ वर्षमा १ पटक नेपाल भ्रमण गर्नुपर्छ । प्रधानमन्त्री र नेशनल पिपल्स कंग्रेस, सिपिपी सिसी र मन्त्रीहरुको भ्रमण भइरहनु पर्छ । पारलियामेन्टका डेडिएरनको आदान प्रदान भइरहनु पर्छ । यसरी सरकारी तहमा, संसदको तहमा र प्रादेशिक तहको भ्रमणहरु भइरहनु पर्छ । चीनको अरु तहमा त भ्रमण भइरहेकै थियो । तर राष्ट्रपतिको भ्रमण नभएको निकै लामो समय भइसकेको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङ अहिले संसारको सबैभन्दा शक्तिशाली राष्ट्रपतिको रुपमा सुपरीचित र स्थापित हुनुहुन्छ । उहाँले २०१२ अघि सार्नुभएको विचार हो बिआरआई । त्यो विचार अगाडि बढ्दै बढ्दै गएर अहिले एसिया, अफ्रिका, युरोप र सीङ्गो विश्वलाई त्यसले प्रभावित पारेको छ । हिजोसम्म त्यसको विरोध गर्नेहरु, त्यसबाट टाढा बस्नेहरु अहिले त्यसको पक्षपोषक भएका छन् । अहिले त्यसको अफरिडर भएका छन । त्यसको गुणगान गाइरहेका छन् । चीनले महत्व दिएको विषय नेपालको लागि गौरवको कुरा हो । चिनियाँ राष्ट्रपति केही घण्टा मात्र होइन, दुई दिन नेपालमा रहनुभयो । चिनियाँ राष्ट्रपति नेपालमा बस्नुको बेग्लै कुटनीतिक अर्थ हुन्छ ।
राष्ट्रपति सी चिनफिङ नेपाल सिधै आउनु भएन, भारत जानु भयो र त्यहाँ एक रात बसेपछि मात्र नेपाल आउनु भयो । यसले के सन्देश दिन्छ ?
हो यो अत्यन्तै राम्रो हो । किनभने यहाँबाट भारत जानुभएको भए नेपालकोे सन्देश लिएर जानुहुन्थ्यो । संसारको अर्को शक्तिशाली मुलुक भारत, नेपालको अर्को महत्वपूर्ण छिमेकी । पहिला भारत गएर उहाँले नेपालप्रति भारतको धारण के छ ? भन्ने बुझ्नु भयो । त्यो कुरा बुझेर यहाँ आउनु नेपालको लागि उचित हो ।
तर भारतमा पनि केही सहमति भएर नेपाल आउनुभएको हो भन्ने प्रसङ्ग समेत उठ्न थालेको छ नी ?
त्यस्तो हुन सक्दैन । नेपालको बारेमा चीनले अरुसँग सहमति गर्दैन । त्यसमा हामी विश्वास्त हुनुपर्छ । चीनमाथि अहिलेसम्म हामीले कुनेै कुरामा पनि शंका गरिहेका छैनौ । शंका गर्ने ठाउँ पनि पाएका छैनौ । नेपालको सम्बन्धमा कुनै समस्या नभएको मुलुक छ भने त्यो चीन हो ।
कुटनीतिक वा राजनीतिक हिसाबले भारत बस्ने र यता आउने विषय यो के भारतलाई अथवा समग्र विश्वलाई वा नेपाललाई पनि बिशेष सिंगनल हो कि ?
यो चीनले नेपालसँगको सम्बन्धलाइे महत्वका साथ अघि बढाउन खोजेको सकेत हो । यो कुरा गहिरो रुपमा बुझनुपर्छ । चीन नेपालसँगको सम्बन्ध अझै घनिष्ट बनाउन चाहन्छ । २००९ को डिसेम्वरमा म मुलुकको प्रधानमन्त्री थिएँ । त्यसबेला मैले चिनको भ्रमण गरे मियुनियामा बाहुप्रधानमन्त्रीका निमन्त्राणमा । त्यसबेला चीनमा हु जिन्ताऔ राष्ट्रपति हुनुहुन्थ्यो । उहाँसँग मैले ६, ७ पटक भेटेको छु । मैले उहाँलाई विभिन्न पटक भेटेको छु । उहाँ र मेरो भेटमा विभिन्न विषयमा, धैरै बिषयमा छलफल भएको छ । म प्रधानमन्त्री भएर चीन जाँदा कम्पलेरेन्सी डेभलपमेन्ट फर पाटनरसीप अर्थात् विकासको रणनितिक साझेदारीमा सम्झौता भएको थियो । चीन नेपालसँगको विकासको रणनीतिक साझेदारीमा मिलेर जान चाहन्छ । त्यो सन् २००९ मा नै चीनले हामीसँग प्रष्ट पारेको थियो ।
सी चिनफिङ राष्ट्रपति भएपछि सम्बन्ध अझ प्रगाढ र गहिरो देखिएको छ । साउथ एसियाकै कुरा गर्ने हो भने श्रीलक र बगलादेशसहित दक्षिण एशियाका अन्य राष्ट्रय चीनसँग सम्बन्ध पहिल्यैदेखि स्थापित गरिसकेका थिए । तर नेपालले यति नजिकको सम्बन्ध भएर पनि हामी किन पछि पर्यौ ?
चीनसँग नेपालको डेडिकेसन धैरै आदान प्रदान भएको छ । विभिन्न तहमा चीनसँग डेडिकेसन नभएको हैन, त्यहाँका विदेश विभागका प्रमुखको कुरा गर्नुस् वा विदेशमन्त्रीको भ्रमणको कुरा गर्नुस् । त्यहाँका प्रादेशिक तहका सरकारको भ्रमणको कुरा गरौं । नेपालबाट पनि सरकारका उच्च नेताहरुले त चीनमा भ्रमण गर्नुभएको छ । सम्बन्ध अत्यन्तै राम्रो भएको कारणले नै दुई मुलुकबीच तल्लो तहसम्म भ्रमण तथा आदानप्रदान संभवन भएको हो । जहाँसम्म लाभको कुरा छ, सम्बन्धलाई लाभसँग मात्र गांस्नु उचित होइन ।
कुनै व्यक्तिको इच्छाले अथवा विशेष किसिमको निर्देशन पाएर यो सव अगाडि बढेको भन्ने पनि छ नी ?
त्यसो भन्नु हुँदैन । चिनियाँ कम्युनिष्ट पार्टीले व्यक्ति अनुहार हेर्दैन । चिनिया कम्यूनिष्ट पार्टीले नेपाल कम्युनिष्ट पार्टिलाई विश्वास गरेको छ । चीनले नेपालका जनतालाई विश्वास गरेको छ । नेपालले स्थिर नीति लिएको छ । तपाईले प्रमुख प्रतिपक्ष दलका नेताको पनि कुरा सुन्नु भयो होला । प्रमुख प्रतिपक्ष दलका नेताले समेत हामी एक चीन नीतिप्रति प्रतिवद्ध छौं भन्नुभएको छ । हामी चीनमा स्थायित् देख्न चाहन्छौं ।े नेपालमा अहिले कम्युनिष्ट पार्टीकोे सरकारमा छ । कम्युनिष्टको सीधा नीत अहिले के छ भने– हामी समाजबाद स्थापना गर्न चाहन्छौं । चीनलाई शान्तिपूर्ण, एकीकृत र राजनीतिक रुपमा स्थायित्व प्राप्त गरेको र आर्थिक रुपमा समृद्ध भएको देख्न चाहन्छौँ । चीन शवितशाली हुँदा आतिनु पर्दैन । किनभने चीनमा सामराज्यवादी आकाक्षां छैन । ऊ आपनो विचार हो कसैमा लाग्न चाहदैन । ऊ विचारको निर्यात गदैन । ऊ विचार मात्रै हैन, अरुकुरा पनि थोपर्न चाहँदैन । चीनले विकासको लागि सहयोग गर्दा समेत हस्तक्षेप गर्दैन । चीनले विकासको मोडेल देशले तय गर्नुपर्छ भन्ने मान्यता राख्छ । बिआरआई चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र राष्ट्रपति सी चिनफिङको दुरदर्शी सोच हो । विश्वलाई समृद्धि बनाउने सोच हो ।
भारतको दबाबले हो या हाम्रो पार्टीले नसकेर वा राष्ट्रिय मनोबल वा इच्छा शक्ति नभएर हिजो किन यो तह सम्बन्ध स्थापना हुन सकेन ?
कुनै पनि मुलुकसम्ग सम्बन्ध स्थापित गर्न राजनीतिक स्थायित्व चाहिन्छ । हामी पहिला राजनीतिक सक्रमणकालमा थियौ । हामी लामोसमयसंविधान निर्माणकै काममा लागिरहेका थियौ । मुलुकमा राजनीतिक स्थायित्वज नहुँदा पहिला पहिला केही समस्या थियो तर अहिले त्यो छैन ।
त्यो हाम्रो आन्तरिक कुरा मात्रै थियो या त्यसमा अन्य इन्टरनेसनल पोलिटिक्सका इन्टे«स्ट होलडरहरुको कुनै भूमिका पनि थियो ?
यसमा अरु पार्टीको त म कुरा गर्न सक्दिन तर नेपाल कम्युनिष्ट पार्टी कसैको दबाब र कसैको अनुचित आग्रहमा चल्दैन । नेपाल कन्युनिष्ट पार्टी देशको हितलाई केन्द्रविन्दुमा राख्छ । जनतालाई केन्द्रबिन्दुमा राख्छ । हामी सबैसँग मित्रता पूण सम्बन्ध राख्न चाहन्छौं । हामी कसैप्रति ढल्किने हैन, सुमधेर सम्बन्ध बनाउने हो । चीन र भारतको प्रगतिबाट नेपालले अधिकतम लाभ लिन सक्छ त्यति लाभ लिने हो ।
नेपाल र चीनबीच अहिले जुन सम्झौता भयो त्यसलाई कसरी हेर्नुभएको छ ?
राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा नेपाल र बीच जुन सहमति, सँझौता भएको छ । त्यो बहुतै राम्रो भएको छ । किनभने राष्ट्रपति सी चिनफिङले नेपाली भावनालाई समेटनु भएको छ
तर सम्झौतामा विगतकै विषय मात्रै मात्रै आयो भन्ने पनि छन् नी ?
सम्झौतामा विगतकै विषय मात्रै, विगतकै निरन्तरता भनेको के ? चीननसँग हामीलाई चाहिएको के ? चीनसँग हामीले रेलवे जोड्न चाहेका छौं । कसैकसैलाई यो रेलबाट खचिलो भएको लाग्ला । तेत्रो ठूलो पहाडबाट रेल आउन सक्ला भन्ने पनि लाग्ला । तर हिजो तिब्बतमा रेल आउन सक्दैन भन्ने ठान्नेहरु अहिले ल्हासासम्म रेल आएको देखेर अचम्म परेका छन् । उनीहरुलाई रेल ल्हासासम्म त आयो तर त्यसयता चाँहि आउनै सक्दैन भन्ने लागेको थियो । रेल ल्हासाबाट सिराचेसम्म आइपुग्दा त उनीहरु झसङ्ग भए । उनीहरुले त्यसपछि नेपालमा केरुङबाट रेल आउन सम्भब छैन भन्न थाले । केरुङबाट रेल ल्याउने प्रकया अगाडि बढिरहेको छ । प्राविधिक टोलीले अध्ययन गरिसकोको छ । हो, केरुङबाट रेल ल्याउन खर्च लाग्छ । यो खर्च हामीले चीनलाई भन्नु पर्ला, खर्चको ठुलो रकम तपाईले हामीलाई डोनेशनको रुपमा दिनुस् पर्ला । किन कि हामीले ऋणको ठूलोको भार बोक्न सक्दैनौ
रेलमा पनि चिनियाँ सामान भरपुर आउने र हाम्रा पैसा जाने या हाम्रा जनशक्ति जाने हुँदैन र ?
नेपालमा आखिरमा चीनबाट सामान ल्याउनैपर्छ । सस्तोमा गुणस्तरको सामान आउँछ भने हामी किन आतिनु पयौ ? झन नेपालका सामान सजिलै चीन लग्न पाउँदा हामी खुशी हुनुपर्ने हैन र ? चीन जस्तो विशाल माकेट भएको ठाउमा हाम्रो उत्पादन जानु राम्रो होइन ? तर हाम्रो धैरै जनशक्ति बाहिर छ ?
मुलुकमै उद्योग कल कारखाना खुलेर रोजगारीको अवसर श्रृजना भएपछि बाहिर जाने प्रवृति घट्दै जान्छ । संख्या घटाउने मात्र हैन, बाहिर गएका नेपाली स्वदेशमा फक्न थाल्छन् । अर्को कुरा राष्ट्रपति सीले भिजिट नेपाल २०२० प्रोमोसन गर्ने तपाईहरुको जुन चाहना छ त्यसमा हामी धेरै भन्दा देश चिनियाँका जनतालाई पर्यटकको रुपमा नेपालमा जाऊ भनेर प्रोत्साहित गर्नेछौ भन्नु भएको छ । त्यो कति खुशीको कुरा हो । वुद्ध धर्माबलम्वीको ठूलो हिस्सालाई नेपालमा बुद्ध जन्मिएको थाहै रहेनछ । अस्ति चिनियाँ टोली आएका थिए, उनीहरुलाई बुद्धको जन्स्थल कपिलवस्तु भन्ने थाहा रहेनछ । उनीहरुलाई मात्र हैन भारतबाट आएकाहरु पनि त्यस्तै भन्दै थिए । हामीले गाइडहरुलाई त्यसबारे अझै प्रशिक्षण गराउन सकेका छैनौ । उनीहरुले कपिलवस्तुको चर्चा गदैनन् । उनीहरु विभिन्न ठाउँमा देखापरेका पुरातात्विक महत्वका बारेमा चर्चा गर्दा रहेनछन् । देवदहको बारेमा चर्चा गर्दा रहेनछन् । रामग्रामको बारेमा चर्चा गर्दा रहेनछन् ।
https://youtu.be/sCpERsFC9Yw