हिमलाल पराजुली स्याङ्जा । एक महिलाले सहकारीबाट ऋण लिए बापत आफुसँग सहकारीले बढि रकम असुलेको आरोप लगाएकी छन् । वालिङस्थित गतिशिल महिला बहुउद्देश्यीय सहकारीले आफुलाई बढी पैसा लिएर ठगी गरेको भन्दै नगरपालिकामा निवेदन दिएपछि सेवाग्राहीकाट बढी रकम लिएको घटना बाहिरीएको हो ।
वालिङ नगरपालिका १० की सरिता उपाध्यायले गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट एक वर्ष पहिले ६० लाख रुपैयाँ ऋण लिएको र हाल सहकारीबाट लिएको रकमको सावाँ व्याज बुझाउँदा आफूसँग ‘कोलोजिङ चार्ज’ का नाममा ८४ हजार ५ सय रुपैयाँ बढी लिएको उपाध्यायले बताइन् ।
उनले भनिन्, ‘मैले सहकारीबाट निकालेको रकमको सावाँ ब्याज सबै बुझाएर अब यो सहकारीबाट ऋण लिन्न भन्दा पनि सुख नपाउने ?
अरु बंैकमा सस्तो व्याजदरमा पैसा पाएपछि साँवा, व्याज र सेवा शुल्क समेतको रकम तिरिसके पछि पनि सहकारीले आफूसँग ‘कोलोजिङ चार्ज’ को नाममा ८४ हजार ५ सय रुपैयाँ बढि लिएको उपाध्यायले बताइन् ।घर निर्माणका साथै अन्य कारोबारका लागि जग्गा सहकारीमा धितो राखेर ऋण लिने क्रममा संस्थाकी अध्यक्ष कविता गैह्रेले एउटै व्यक्तिका नाममा ६० लाख रुपैयाँ दिन नमिल्ने बताएपछि आफुले आफ्नो, बुहारी र देउरानीको नाममा ३० हजारका दरले ९० हजारको ३ ओटा शेयर राखेर ६० लाख रुपैयाँ लिएपछि शुरुको तीन चार महिना मासिक १८ प्रतिशतका दरले व्याज बुझाएको र त्यस पछि १७ प्रतिशत र अन्तिममा १६ प्रतिशतका दरले व्याज बुझाउँदै आएकोमा सहकारीले तीनै जना शेयर सदस्य र घरको समेत बिमा गर्नुपर्ने भन्दै बिमा बापतको ३२ हजार समेत लिएको उपाध्यायको भनाई छ ।
उपाध्यायले आफू अन्यायमा परे पनि आफ्नो कुरा सुनुवाइ नभएको गुनासो गरिन् । संस्थाकी अध्यक्ष कविता गैह्रे सँग पटक पटक यस विषयमा बुझ्नको लागि फोन सम्पर्क गर्दा फोन काटेपछी संस्थागत धारण बुझ्न भने सकिएको छैन् ।
वालिङ नगरपालिकाका सहकारी शाखा प्रमुख खुमाकान्त अर्यालले नगरपालिकाको न्यायिक समितिमा निवेदन परेको र सहकारीसँंग सम्बन्धित भएकोले आफु पनि ऋण दिने र लिने बीच भएकोछलफलमा सहभागि भएर संस्था र शेयर सदस्य बीचको आन्तरिक कुरा भएकोले एक आपसमा बसेर विवाद मिलाउन अनुरोध गरेको बताए ।
अर्यालले भने, ‘सेवाग्राही वा ऋण लिने व्यक्तीले मालपोतमा जग्गा रोक्का गर्दा लगायत अन्य ठाउँमा लाग्ने खर्च आफै व्यहोरेपछि सहकारीले १प्रतिशत भन्दा बढि रकम लिनु भनेको अनियमितता गर्नु हो । यसो गर्न पाइँदैन ।’
सहकारीकी सिनियर क्रमचारी रञ्जु तिवारीले आफुहरुले संस्थाको नियम अनुसारको रकम लिएको दाबी गरिन् । पाँच सय शेयर सदस्य रहेको सहकारीमा सहकारीले शेयर सदस्य महिलाहरुलाई बढि रकम लिएर सहकारीको पोशाकको रुपमा साडिसमेत लिन बाध्य बनाएको भन्दै गुनासो समेत बढदै गएको छ । एक महिला शेयर सदस्यले नाम नखुलाउने शर्तमा भनिन् ।