शर्मिला अध्यारोमै ट्वाइलेट जान्छिन् ।त्यो पनि खुला बाटोमा । नेपालका केही भागमा अझै पनि यस्तै परम्परा छ । सडकका छेउमा बस्ने र अध्यारोमै पल्टाइदिने । पुरुषलाई उज्यालोमा पनि फरक नपर्ने, तर उनी त महिला । दिउँसोमा बाहिर निस्कन उनलाई मनाहि छ । भर्खर त विहे भएको छ ।
घरमा जेठादाजुको हैकम थियो । घरका मालिक उनै थिए र गाउँका नेता पनि। शर्मिलालाई बाहिर जान मनाहि गरेका थिए । परपुरुषको त मुख पनि हेर्न मिल्दैन थियो । त्यसैले उनको टाउकोमा घुम्टो जतिबेला पनि हुन्थ्यो । कम्तिमा तीन वर्ष बाहिर निस्कन नदिने उनको बाचा छ ।
भर्खर विहे गरेको नयांँ दुलहीलाई जति धेरै समय घरभित्र राख्न सक्यो त्यति नै घरको सान बढ्ने उनीहरुको परम्परा छ, त्यसैले उनी घरभित्रै बस्नु पर्छ ।
शर्मिलाका दिनहरु घर भित्रै बित्न थाले । खाना बनाउने, घर सफा गर्ने, लुगा धुनेलगायतका काममा उनको दिन बित्छ ।
मास्टर डिग्री उनको खाली बसिरहेको थियो । उता सरकारले गाउँलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकेको थियो । तर पनि गाउलेहरु यो क्षेत्रलाई राति नै प्रयोग गर्ने बानि पारिसकेका थिए । खुला ठाउँमा दिसा बस्दा कहिले सर्पको डर त कहिले मान्छेले देख्ने डर । यस्तै डरै डरमा शर्मिलाका दिनहरु बित्दै थिए ।
एकदिन उनलाई पखाला लाग्यो । पेट ठिक भएन । कता जाने ? फसाद पर्याे । उनी हतारिदै बाटातिर लागिन् । लगाएको सारी फर्काएर मुख छोपिन् र बाटोमै बसिन् । मर्निङ् वाक गरेर फर्कदै गरेका उनका जेठाजुले यो दृश्य देखरे थुइक्क भन्दै अगाडि बढे ।
घरमा पुगेर बुहारीलाई बोलाउँदै भने, 'बुहारी, ए बुहारी चिया बनाउ।'‘जेठानीले भनिन्, ‘आज उनलाई सञ्चो छैन ।’उनले प्रश्न गरे, ‘के भयो ?’जवाफ आयो, ‘पखाला लागेको छ ।’बाटोमा ढाकिएको घुम्टोको दृश्य उनको नजरमा परिरह्यो ।