काठमाडौं । राजनीतिका तीन हस्ती एकैदिन अदालत उपस्थित भएका छन् । अघिल्लो सातासम्म सम्माननीय र माननीय स्यालुट पाइरहेका राजनीतिमा चर्चित हस्तीहरू छुट्टाछुट्टै आरोपमा आइतबार जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
बहिर्गमित सभामुख कृण्णबहादुर महरालाई अझै ४ दिने थुनामा राखिने भएको छ । महरालाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानको लागि कात्तिक २ गते शनिबारदेखि लागू हुने गरी थप ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।
प्रहरीले हिरासत म्याद थप्रन महरालाई आइतबार अदालतमा उस्थित गराएको थियो । जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले महरालाई अनुसन्धानको लागि ५ दिन हिरासत म्याद थपेको हो ।
संसद सचिवालयकी कर्मचारी बलात्कार आरोपमा पक्राउ परेका महरालाई ५ दिन थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिनुभएको छ ।
महरालाई सभामुख निवासबाट असोज १९ गते पक्राउ गरिएको हो । पक्राउपछि उनलाई महानगरीय प्रहरीवृत सिंहदरबारमा राखिएको छ ।
न्यायालयको कठघरामा आलमराजापुर हत्याका मुख्य आरोपी मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।
राजपुरमा भएको बम बिष्फोट र हत्याका मुख्य आरोपी आलमले प्रहरीमा बयान दिन नमानेपछि आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको हो । गत आइतबार पक्राउ परेका आलमलाई प्रहरी हिरासतमा राखिएको छ । घटना छानविनसँगै उनी सांसदबाट निलम्बित भइसकेका छन् ।
बयानमा सहयोग नगरेपछि फेरि म्याद थपका लागि अदालत लागिएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभयो । थुनामा राखेको सात दिनमा आलमले आफू बिरामी रहेको र कानूनी सल्लाहकारबिना बयान नदिने अडान राखेपछि प्रहरीले बयान लिन नसकेको एसपी खत्रीले जानकारी दिनुभयो ।
तारिखमा सांसद गुरुङप्रतिनिधिसभा सदस्य पार्वत गुरुङलाई काठमाडौ जिल्ला अदालतले साधारण तारिखमा छोड्न आदेश दिएको छ ।
ज्यान मार्ने उद्योगमा वारेन्ट जारी भएपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद गुरुङ आइतबार दिउँसो अदालत उपस्थित हुनुभएको थियो । उहाँलाई अदालतले यसअघि उपस्थित हुन आदेश दिएको थियो ।
गुरुङ दोलखाका प्रभावशाली नेता मानिनुहुन्छ । २०७४ सालको निर्वाचनमा उहाँ ३० हजार १ सय ५३ मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको हो ।
गुरुङले ५५ हजार ९ सय ५४ मत ल्याउनु भएको थियो । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्रबहादुर खड्कालाई २५ हजार ८ सय १ मत प्राप्त भएको थियो ।