फाइल तस्बिर
काठमाडौं । विभिन्न जिल्लामा भएको आगलागीबाट ३ करोड ११ लाख पचास हजार रुपैयाँ बराबरको धनमाल जलेस नष्ट भएको छ। रुपन्देही, सोलुखुम्बु, सप्तरी, तमलेजुङ् र मोरङका विभिन्न स्थानमा भएको आगलागीबाट धनमाल जलेर नष्ट भएको हो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ स्थित स्याङजा बिर्घा गाउँपालिका–३ घर भएका गोविन्द पाण्डेको शिखा सर्जिकल एण्ड साईन्स हाउसमा बिद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ ख्याम्पु बस्ने चन्द्र प्रकाश कोईरालाको ढुङ्गाको घरमा करेन्ट सर्ट भई सोमबार बिहान भएको आगलागी हुँदा घर र सोही घरमा डेरा गरी बस्ने रमेश कुमार राईको बैंक स्टोर सप्लायर्स साझेदारी स्टोरमा रहेको जुत्ता, चप्पल, रेडिमेट कपडा लगायतका सामान जलेर करिब ९८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–१ बेल्ही बस्ने मोहमद इसलामको गोठमा बिद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ताप्लेजुङको फक्तालुङ गाउँपालिका–२ खेजेनिम बस्ने निर कुमार लिम्बुको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका–९ बस्ने पेशल कुमार श्रेष्ठको गोठमा आइतबार राति आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।