काठमाडौं । राजधानीबाट प्रकाशति हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बिहीबार राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रका विविध पक्षलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । पत्रपत्रिकामा राजपुर बमकाण्डका आरोपी मोम्मद आफताब आलमको अपराधसम्धी समाचार समेत प्राथमिकताका साथ प्रकाशित भएको छ ।
गोरखापत्र दैनिक– प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमा सक्ने गरी काम अगाडि बढाउन सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको ‘एक्सन रुम’बाट राष्ट्रिय गौरवका केही आयोजना अनुगमन गर्ने क्रममा उहाँले निर्देशन दिनुभएको हो । त्यस अवसरमा उहाँले राष्ट्रिय गौरबका ८ वटा परियोजनाको अनुगमन गर्नुको साथै भिडियो कफरेन्स’ मार्फत प्रत्यक्ष रुपमा आयोजनाको कार्य सम्पादनको अवस्थाबमरे जानकारी दिनुभएको थियो ।
कान्तिपुर दैनिक– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले आफूसँग पटकपटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अन्य नेताहरुसँग छलफल र भेटघाट बढाएका छन् । पछिल्लो समय दाहालले प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरुलाई छुट्टाछुट्टै भेटेर आफूहरुबीच भएको सहमति कार्यान्वयनमा ओली अग्रसार नभएको गुनासो गर्न थालेका हुन् ।
अब उहाँसँग फेरि अर्को लिखित सहमति गर्नुपर्ने बेला भएको छ, असहमतिका सबै विषयमा प्याकेजकै सहमति गर्नुपर्छ भन्ने मेरो बटमलाइन हो’ अध्यक्ष दाहालको भनाइ उद्धत गर्दै उनीनिकट एक नेताले भने, ओलीजी सहमति कार्यान्वयनमा अब पनि अग्रसार हुनुभएन भने नयाँ ढंगले अघि बढ्नुपर्छ ।’
नयाँ पत्रिका दैनिक– भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्कशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ । पशुपति क्षेत्रमा रहेको धर्मशाला अब तीनतारे होटलको रुपमा संचालन हुँदैछ ।नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन । सर्वसाधारण तीर्थालु तथा पर्यटक सुलभ दरमा बस्नु पाऊन् भनेर धर्म शाला बनेको हो । तर धर्मशाला नै होटेल बनेपछि महंगो पैसा तिर्न सक्नेले मात्र बस्ने पाउने भएका छन् र बिमस्टेक सम्मेलनमा नेपाल आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई धर्मशाला हस्तान्तरण गरेका थिए ।
अन्नपूर्ण पोष्ट दैनिक– विभिन्न विश्वविद्यालयमा उपकुलपति रित्तः रहेको २ महिना बितिसक्दा पनि नयाँ नियुक्त हुन सकेको छैन । मुलुककै सबै भन्दा पुरानो तथा ठूलो त्रिभुवन व्शिवविद्यालय ७ वटा नेतृत्व विहीन छन् ।
नागरिक दैनिक– चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुद्रास्फीति ६ दशमलव १६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यो ३ दशमलव ८६ प्रतिशत थियो । यो अवधिकोमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव ५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशकलव ८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तरत मुख्यतः तरकारी, फलफूल, मासु तथा माछा र मसलाजन्य समूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यरै गरी गैर खाद्यय तथा सेवा समूह सेवा शिक्षा उपसमूहको मूल्यवृद्धि पनि उच्च छ ।
राजधानी दैनिक– सम्पति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो काम तीब्र बनाएको दाबी गरिरँदा उपलब्धि भने सुस्त देखिएको छ । विभागमा उजुरी परे अनुसार अनुसन्धान गरी मुद्दा दायर गर्ने क्रममा तीब्रता आउन सकेको छैन ।
विभागले आक्रमक रुपमा काम गर्न नसक्दा र ठूला केसमा मुद्दा दायर गर्ने क्रम बढाउन नसक्दा नेपाल फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटीएफ)को रेटिङमा ग्रेलिष्टमा पर्ने खतरा देखिएको छ ।