काठमाडौं । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले शुक्रबार ‘डुइङ बिजनेश इन्डेक्स’मा नेपाल सुधोन्मुख भएको समाचारलाई प्राथमिकताको साथ प्रकाशित गरेका छन् । पत्रपत्रिकाले फरक फरक शीर्षकमा राजनीति, न्यायालय, आर्थिक र सामाजिक क्षेत्रका समाचार छापेका छन् ।
गोरखापत्र दैनिक– दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वनल्लेकमा डोजरले सोमबार स्थानीय गौा जोशीलाई घाइते बनाएको घटना सेलाउन नपाउँदै बिहीबार मेलौली नगरपालिकामा सडम खन्न गएको स्काभेटरले किचेर स्थानीय ५५ वर्षीय शुक्रसिंह पुजराको मृत्यु भएको छ ।
कान्तिपुर दैनिक– सर्वोच्च अदालतले बैतडीको एक बलात्कारको घट्नामा आरोपितलाई निर्दोष ठहर गर्ने पुनरावेदन अदालतको फैसला उल्ट्याएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले तत्कालीन पुरावेदन अदालत महेन्द्र नगरको फैसला उल्ट्याएको हो ।
अन्नपूर्ण पोष्ट दैनिक– विश्व बैंकले बिहीबार सार्वजनिक गरेको व्यावसायमैत्री वातावरण सम्बन्धी प्रतिवेदन (डुइङ बिजनेश इन्डेक्स–२०२०) मा नेपालले पहिला भन्दा उल्लेखनीय सुधार गरेको छ । १ सय ९० देश मध्ये ११० औं स्थानमा रहेको नेपाल यस पटक १६ स्थान अगाडि सरेर ९४ औं स्थानमा पुगेको छ ।
नागरिक दैनिक– प्रहरीले राजपुर बमकाण्डमा थप साथी जुटाएको छ । घटना नै नभएको भनी अस्वीकार गर्ने र पोलिग्राफ परीक्षण पनि प्रमुख आरोपित महम्मद आफताब आलमले नमानेको अवस्थामा विभिन्न साक्षीकोले घटाएको बताएका छन् । प्रहरीले राजपुर बमकाण्डका मृतकको कपडा र खरानी पनि चाँजका लागि पठाएको छ ।
राजधानी दैनिक– आफ्नै मन्त्रालयको जिम्मेवारीलाई अधिकांश मन्त्रालयले अलपत्र पार्दै आइरहेका छन् । कार्यविभाजन नियमावलीले हरेक मन्त्रालयको काम र जिम्मेवारी निर्धारण गरिदिएको छ । यो हरेक मन्त्रालयको मुख्य मार्गनिर्देशक सिद्धात हो । तर यही जिम्मेवारीलाई मन्त्रालयले अलपत्र पार्दै आइरहेका हुन् ।
कारोबार दैनिक– पुष्प संस्कृतिको वृद्धिसँगै वर्षेनी फूल तथा फूलजन्य कारोबार फड्को मार्न थालेको छ । जन्मदेखि मृत्यसम्म आवश्यक पर्ने फूलजन्य उत्पादनको वार्षिक कारोबार अढाइ करोड नजिक पुगेको छ ।
नयाँ पत्रिका दैनिक– काठमाडौं उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न थालिएको छ । प्रधानमन्त्री कार्यालयले निर्देशन दिएसँगै खाल्डाखुल्डी पुर्न थालिएको हो । प्रधानमन्त्री कार्यालयले २८ असोजमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयनमा पुर्न थालिएको हो ।