बागलुङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य तथा बागलुङ क्षेत्र नं २ का सांसद देबेन्द्र पौडेलले नेपालमा समावेशी समानुपातिक पहुँच र प्रतिनिधित्वको सुनिश्चितता प्रणाली भएको लोकतन्त्र अपनाइएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गर्ने उहाँकाे भनाइ छ ।
सम्बाेधन गर्दै पाैडेलले भन्नुयाे, ‘मिलेर राणा शासन फाल्यौं, पञ्चायती व्यवस्था फाल्यौं, राजा फाल्यौं, संविधान बनायौं र अब देशमा २ तिहाइको सरकारले समृद्विको नारालाई व्यवहारमा लागू गर्दैछ ।'
सदरमुकामसँग पालिका जोड्नका लागि कालोपत्रे सडक बनाउन सरकारले गृहकार्य गरिरहेको बताउनुभयो । मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि घोडाबाँधेसम्मकाे खण्डमा काम हुन नसकेको र अहिले सरकारले त्यस तर्फ उच्च निगरानी गरिरहेको बताउनुभयो ।
त्यस्तै, गलकोट नगरपालिका र ताराखोला गाउँपालिका हुँदै म्याग्दी जोडने सडक र मल्म पाण्डवखानी, रणसिंहकिटेनी, खुंगा हुँदै बुर्तिबाङ, ढोरपाटन जोडने सडक लाइफ लाइनको रुपमा रहेको भन्दै सरकारले चरणबद्व रुपमा स्तरोन्नती गर्दै कालोपत्रे गर्ने तयारी गरिरहेको जानकारी दिनुभयोे ।
त्यस्तै, गण्डकी प्रदेशका सांसद चन्द्र बुढा मगरले संघीयताको सुन्दर पक्ष भनेको आम जनताको पहुँच र अधिकार प्राप्ति भएको बताउनुभएको छ ।