काठमाडौं ।
न्यायाधीश : तपाईंको नामथर र वतन के हो ?
आलम : मेरो नाम मोहम्मद अफताब आलम हो । मेरो घर राजपुर हो ।
न्यायाधीश : वारदात भएको मिति २०६४ चैत २७ गते तपाईंले प्रयोग गरेको मोबाइल नम्बर कति थियो ?
आलम : त्यस बेलाको मोबाइल नम्बर मलाई सम्झना छैन।
न्यायाधीश : तपाईंको जन्ममिति कति हो रु कति वर्षको हुनुभयो ?
आलम : म २०१९ सालमा जन्मेको हो । अहिले ५७ वर्षको भएँ ।
न्यायाधीश : तपाईंको स्थायी ठेगाना कहाँ हो ?
आलम : म राजपुर नगरपालिका ४ मा बस्छु ।
न्यायाधीश : तपाईंले कुन विद्यालय र कलेजबाट कतिसम्म अध्ययन गर्नुभएको छ
आलम : मैले बीएससीसम्म अध्ययन गरेको छु।
न्यायाधीश : तपाईं के काम, पेसा, व्यवसाय गर्नुहुन्छ ?
आलम : मैले २०३६ सालदेखि राजनीति गरेको छु । मेरो अन्य पेसा–व्यवसाय छैन ।
न्यायाधीश : तपाई र तपाईं अंशबण्डा नभएका परिवारका सदस्यका नाममा के कति चलअचल सम्पत्ति छ ?
आलम : मेरो १२ जनाको सगोलको परिवार छ । मेरो परिवारजनको समेत नाममा जोडेर २२ बिघाजति जग्गा छ । चल सम्पत्ति खासै छैन ।
न्यायाधीश : तपाईंको स्वास्थ्य अवस्था के छ रु प्रहरी हिरासतमा कुनै किसिमको यातना दिएको छ कि छैन ?
आलम : मेरो स्वास्थ्य ठीक छ । म रक्तचापको बिरामी हुँ। प्रहरीले मलाई कुनै किसिमको यातना दिएको छैन ।
न्यायाधीश : तपाईंले कानुन व्यवसायी नियुक्त गर्नुभएको छ कि छैन छैन भने तपाईंले निःशुल्क रूपमा कानुनी सहायता पाउन सक्नुहुन्छ भन्ने जानकारी तपाईंलाई छ कि छैन ?
आलम : मैले आफ्नो कानुन व्यवसायी नियुक्त गरेको छु । उहाँहरूले नै मेरो पक्षमा मुद्दा लड्नुहुन्छ।
हत्या आरोपमा पक्राउ परेका निलम्बित सांसद मो. अफताब आलमसँग जिल्ला अदालतमा बुधबार पनि बयान लिइने भएको छ । न्यायाधीश दीपक ढकालको इजलासमा मंगलबार नेता आलमसँग बयान लिइएको हो । बयानका लागि बिहान साढे १० बजेतिर अदालत लगिएको थियो। तर, सवा ३ बजे मात्रै बयान सुरु भएको थियो । अन्नपुर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।