रगतको आसनमाथि मडारिदैएउटा मृत्यु परास्त गरीकरोडौं नेपाली छोराहरुजन्माएँ ।
तर ! पटक पटक छिमेकीले मलाईलछारपछार पार्दै छातिमाथिपरेड खेलिरहँदा,किन तिमीहरु चुपचाप बसिरहन्छौँ ! छोराहरु हो ?अनि, तिमीहरु खेल्ने आँगनपराइले अतिक्रमण गरीउस्ले आफ्नो नक्शामा उतारिरहँदाकिन बोल्दैनौँ ?
के छ तिमीहरुको आन्तरिक स्वार्थ ?भन त छोराहरु हो !
तिम्री आमालाई चिथोर्दैबुट बजार्दैअङ्ग अङ्ग काटेर लाँदा पनिमप्रतिको दृश्य देखेरतिमीहरुको मन कत्ती पनि दुखेको छैन ! ?आफूमात्र सक्तैनौ भनेबोलाउ विश्वभर छरिएर रहेका६० लाख नेपालीहरुलाईजुटाउ र उठाउ नेपाल भरीका नेपालीहरुलाईर तेर्स्याउ गर्दन छोराहरु होसिमानाका किल्ला किल्ला गएर,
तिमीहरुको लाचारी र कायरपन देखेरडराइरहेको छ सगरमाथाझुकाइदिने हुन् की भनेर,कापिरहेको छ पहाडी छातीकतै टुक्रिएर दरार बन्ने हो की भनेर,शंकामा उभिएको छ समथर भूभागकसैले थाहै नपाई पारी गाउँमा लगेरलुकाइदिने हुन् की भनेर,आत्तिएको छ मेचीनेपाली नाम बोकेर बग्न पाउदिनकी भनेर,टोलाइरहेको छ महाकालीनेपालीहरुको तिर्खा मेटाउन नपाउने हो की भनेर,उता मुर्छा भित्रबाट गुहार मागिरहेको छ‘कालापानी र सुस्ता’मलाई बचाऊ भनेर,माटो जोगाई नेपाल आमालाई बचाउनअब मेरो आग्रह मान छोराहरु होजाउ कालापानी सुस्तामामेरो आचलको पछ्यौरा पटुका बाँधीनचाउ खुकुरीउठाउ पुर्खाहरुको खुँडावर्षाउ बारुद र बम गोलारोप तरबारहरुसोझ्याउ बन्दुकहरु,
सकियो गोली भनेतिम्रा बाबाले दिएकोमुन्द्री तिलहरी र स्वयंम्बरको औंठी किचेरबनाउ गोली भर तिम्रो बन्दुक रपट्काउ दुश्मनका छातिहरुमाअनि लखेटेर खेदाउ दुश्मनका दूतहरुलाई,
नेपाली रगतभित्र बाल्दै आगाको मुस्लोदेखाउदै वीर गोर्खाली अदम्य शाहसउभ्याउ सिमानामा पिल्लरहरुउच्च बनाउ शिरगाडी चन्द्र सुर्य झन्डा फहराउ,अनि मात्र हुने छौँवीर सपूत छोराहरु,
यदि मेरो आग्रह मानेनौ भनेछोराहरु होतिमीहरु छिमेकी दुश्मनकोआजिवन गुलाम बन्ने छौ।
-अरुण–५, भोजपुर