मीना बुढाथोकी सल्यान । जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । फलाबाँगमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी आठ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका –४ की ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यगी थापा रहेका छन् ।
उनीहरुको अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । फलाबाँगबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ ज ४३२ नम्बरको जीप बडागाँउ नजिकै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुने सबै एउटै वडाका रहेका छन् । घाइते हुनेमा जीप चालक २८ वर्षीय सन्दीप परियार, २३ वर्षीया रिता रावत, ८ वर्षीया ज्योती रावत, ५५ वर्षीया सावित्री खत्री, २२ वर्षीया तारा थापा, २३ वर्षीया मोती रावत, २१ वर्षीया राधा बोहरा र तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ की २८ वर्षीया डिला बुढा रहेका छन् ।
घाइते सबै जनाको उपचार अञ्चल अस्पताल तुल्सीपुरमा भई रहेको र चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
घटनाबारे जानकारी लिन जिल्लाबाट डिएसपीको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।