विमल खड्का ।बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले कराँते खेलले सामाजिक एकता सुढृदीकरणमा महत्पूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
बागलुङको बडिगाडमा आयोजना गरिएको न्वागी मेला एवम् दोस्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै पौडेलले कराँते खेलले देशको संस्कृति र संस्कारको जर्गेना गरेको बताउनुभयो ।
कार्यक्रममा पौडेलले न्वागी मेला तथा राष्ट्रिय कराँते प्रतियोगितामा सबै प्रदेशबाट खेलाडी आउनुले यस क्षेत्रको गरिमा बढेको बताउनुभयो ।अहिलेको सरकारको लक्ष्य विकास र समृद्धि भएकाले खेलले पनि सकारको लक्ष्यलाई सफल पार्न महत्पूर्ण भूमिका खेलेको भन्दै प्रंसशा गर्नुभयो । संमृद्धि भन्नाले भौतिक मात्र नभई मानवीय समृद्धि पनि हुने भएकाले दुवैको समिश्रणबाट बल्ल जनचाहान अनुसारको समृद्धि निर्माण हुने पौडेलको भनाइ छ ।
संविधान निर्माण गरेर अहिले कार्यान्वयनको चरणमा रहेकाले अबको दश वर्षमा अन्य देशसँग प्रतिस्पर्धा गर्न सक्ने हिसाबले देशको आर्थिक सुचकांक बढ्ने बताउनुभयो । पौडेलले अब एक घर एक रोजगार कार्यक्रममार्फत बेरोजगारी समस्या हटाउने सरकारको योजना रहेकाले विदेशिएका युवाहरु नेपाल फर्किने वातावरण सिर्जना हुँदै गएको बताउनुभयो ।
कार्यक्रम निवर्तमान पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई सम्झदै भावुक बनेको थिए । गतवर्ष न्वागी मेलामा मन्त्री अधिकारीको उपस्थितिलाई स्मरण गर्दै भावुक बन्नुभएको हो । केही दिन अघि म ताप्लेजुङ गएको थिए, त्यहाँका साथीहरु पनि रवीन्द्र जीको कुरा गर्नुभयो, गतवर्ष आजैका दिन उहाँ न्वागीमा आउनुएको रहेछ बिहान फेसबुकले पनि सम्झायो ।’
सोही कार्यक्रममा नेपाल सितेरियो कराँते महासंघका अध्यक्ष दावा गुरुङले राष्ट्रको इज्जत राख्ने खेल कराँते भएको बताउनुयो । राष्ट्रको चिन्ता र गरिमा बढाउने खेल कराँते भएकाले यसका लागि पनि सरकारको ध्यान जानुपर्ने तर्क राख्नुभयो ।
प्रतियोगितामा प्रथम पुरस्कार ८० हजार, ट्रफि, मेडल र प्रमाणपत्र, दोस्रोका लागि ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुनेका लागि ३० हजार ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।