खेम बमकाठमाडौं । सरकार गठनअघि नै एकता प्रक्रियामा जानुपर्ने भन्दै तीन दिन यता गहिरो छलफलमा जुटेका एमाले र माओवादी बीच सकारात्मक बिन्दुमा छलफल अघि बढेको छ । पार्टी नेता र कार्यकर्ताको दबाब, जनमतलाई आधार बनाएर एकता प्रक्रियाबाट बिमुख हुन नसक्ने अवस्थामा पुगेका दुई दल आगामी दिनमा कसरी अगाडी बढ्लान् भन्ने विश्वको ध्यानलाई एकिकृत गर्न सघन छलफलमा व्यस्त छन् ।
विभिन्न बिश्लेषणबाट बाहिरिएका साराशंहरुलाई ध्यान दिदैं पार्टी एकतालाई कुनैपनि हालतमा चुक्न नदिने मोडमा छलफल अघि बढेका छ । पार्टी एकता र पद बाँडफाँडमा कसरी प्रक्रियागत रुपमा जान सकिन्छ भन्ने हेतुले बनाईएको कार्यदलले जाँचबुझ गरी सकारात्मक प्रतिवेदन बुझाएपछि एकता प्रक्रियामा सहजता आएको नेताहरुले बताएका छन् ।
पछिल्लो समय पार्टी एकता मात्रै ठूलो नभएर दिगो रुपमा एकता कायम राख्न दुवै दललाई समानान्तर सिट बाँडफाडले अड्काउछ वा दिगो बन्न सक्दैन की, भन्ने हल्ला पनि छ । यस बिषयमा तल्लो तहका नेताहरुबाट आएको दबाबले एकता प्रक्रिया जबज बनेको एक नेताले बनाए ।माओवादी नेता कार्यकर्ताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहालले नपाए एकता प्रक्रियामा सहभागि नहुँने अभिव्यक्ति समेत दिदैं आएका छन् । तर जनमततिर फर्केर हेर्दा माओवादीलाई हालको निर्वाचनमा राम्रो स्थान मिलेको छ । त्यसैले जनमतको कदर गर्न उसलाई बाध्यता छ ।
करिब तीन दिनसम्म ओली र दाहालबीच भएका केही कुराहरु गोप्य तवरले समेत राखिएका छन् । उनीहरुले एक्लाएक्लै भेटेर समेत सहमतीय प्रयास थालेका छन् । सरकार अगाडी नै पार्टी एकताका निम्ति माओवादी समेत सकारात्मक छ । अहिलेसम्म पार्टी एकता किन र कसरी लम्बियो भन्ने बिषयमा दुबै पंक्तीका नेताहरुले बोल्न मानेका छैनन् ।
आपसी छलफल र व्यस्तता नै ढिला भएको उनीहरुको तर्क छ । तर पार्टीलाई एकिकरण गर्ने बिषय भने ओली र दाहालको हातमा छ । एक स्रोतका अनुसार अध्यक्ष को बन्ने भन्ने बिषयमा एकता प्रक्रिया लम्बिएको हो भन्ने छ, तर यो बिषय मात्र प्रमुख नभई अहिलेको आवश्यकता देशलाई समृद्धिको कार्यदिशामा लैजाने समेत प्रमुख चुनौति हो ।
ओलीले प्रचण्डलाई पार्टी एकिकरण हुँदा सहअध्यक्षमा मनाउन सक्लान तर माओवादी भित्र दाहाललाई समेत अध्यक्ष नै बन्न दबाब रहेको देखिन्छ । एउटा सहज उपाय हुनसक्छ, पार्टी सहअध्यक्ष दाहाललाई दिएर कार्यकारी समेत दाहालले नै पाउनुपर्छ । यो बिषयमा समेत ओलीले दाहाललाई सुझाएका छन् । पछिल्लो समय ओली र प्रचण्डबीच गोप्य एवं एकल संवादलाई दुवै पार्टी्भित्र निर्णायक वार्ताका रुपमा हेरिएको छ ।
एमाले–माओवादी एकताका सन्दर्भमा जसले जे भने पनि ओलीले प्रचण्डलाई कतिमा मनाउन सक्छन् भन्ने महत्वपूर्ण पाटो हो ।