खेम बम काठमाडौं । मुलुकभरी अहिले वामगठवन्धनको एकताको बिषयले ठाँउ लिएको छ । पार्टी एकतालाई भिन्न विचार र दृष्टिकोणले समेत चर्चा परिचर्चा गरेको पाईन्छ । एकथरीले एकता होईन गठवन्धन मात्रै हो भन्छ भने एकताको अन्तिम प्रयासमा जुटेका एमाले र माओवादीले पार्टी एकिकरणका बिषयमा कुनै शंका नगर्न सुझाउँदै आएका छन् ।
विगत लामो प्रयासपछि मुलुकमा भएको युगान्तकारी परिवर्तनलाई मुर्त रुप दिन विभिन्न क्षेत्रबाट समेत गठवन्धनलाई दबाब छ । यस सहज परिस्थितिलाई अंगाल्न नसके दुरगामी असर त पर्छ नै जनादेशको अवमुल्यन हुने राजनितिक विश्लेषक बताउछन् ।
भर्खरैमात्र एक कार्यक्रममा माओवादीका प्रभावशाली नेता तथा एकता संयोजन समिति सदस्य नारायणकाजी श्रेष्ठले भनेका छन्,‘पार्टी एकिकरण हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए अनौठो हुँदैन्, सहमतिय प्रक्रियामा यस बिषयलाई चाँडै टुंग्याउनुपर्छ ।’ उनले भने,‘ नयाँ सरकार गठनको प्रक्रिया फागुनसम्म लम्बिने भएका कारण एकिकृत पार्टी घोषणा चाँडै हुनुपर्दछ ।’
ओलीलाई प्रधानमन्त्री हुनका लागि जनादेशले बाटो खुला पारेको छ । समाजवादको रणनितिक लक्ष्यमा सहमति जनाईसकेका दुवै दललाई एकिकरणको लागि अप्ठ्यारो नभएतापनि सम्मानजनक भागबण्डाकै कारण समय लम्बिदै गएको छ । एक राजनितिक बिश्लेषकका विचारमा ‘एक घर मिलाउनका निम्ति एकै वंशजका सबैका भिन्न आकांक्षालाई पूर्ति गर्नुपर्ने हुन्छ, भने पार्टी एकिकरणको बिषय छ, जहाँ भिन्न मुल, भिन्न हैसियत, भिन्न विचार, भिन्न पदिय मर्यादाले असर गरिरहेको हुन्छ ।’ आपसी विवादले नै सतहबाट सकारात्मक निर्णय दिन्छ ।
समाजवादको लोकतान्त्रिक पक्षलाई समेटेर लैजान र ‘माओ’का शिक्षाको बिषयलाई एमालेले पनि सहजै रुपमा ग्रहण गर्न सक्ने की नसक्ने भन्ने बिषय मुलभुत रुपमा चुनौति देखिएका छन् । यिनै बिषयमा सकारात्मक छलफल गरेर अगाडी बढे निचोड निस्किने छ ।
आईतबार बसेको दुईदलको बैठकले पार्टी एकतालाई शीघ्र निष्कर्षमा र्पुयाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक्लाएक्लै समेत छलफल भएको छ । राष्ट्रियसभामा वामपन्थीका उम्मेदवारलाई जिताउन प्रयास गर्ने र त्यसका लागि सबै तह र तप्कालाई संयुक्त निर्देशन दिने, स्थानीय तह र प्रदेशसभाका सदस्यलाई प्रभावकारी रुपमा चुनावमा सहभागी भएर वामगठबन्धनका उम्मेदवारको पक्षमा मत दिने वातावरण बनाउन दुवै पार्टीका अध्यक्ष सहमत भएका हुन् ।
पछिल्लो समय देखिएको सहमतिय बिन्दुलाई हेर्दा को अध्यक्ष को प्रधानमन्त्री भन्ने बिषय ओझेलमा परेको देखिन्छ । आवश्यकता अनुसार छिट्टै पार्टी एकताको संकेत देखिएको छ । दाहालले कार्यकारी अध्यक्षको रुपमा पार्टी चलाउने बिषय ठोस बिन्दु बन्नसक्छ ।