जुन देशमा गरिब धेरै हुन्छन्, त्यही देशमा बैंक धेरै खुल्छन् । कम्युनिष्ट नेताहरुले भनेको विषय हो ।
आम उपभोक्ता पनि गाउँका सहकारी भन्दा बैंकमै पैसा जम्मा गर्न तयार हुन्छन् । अझ समुदायमा गएर बचत गर्न सिकाउने संस्थाहरुले ठूला बैंकका भन्दा पनि ठूला गफ दिन्छन्, स्किम सुनाउँछन् । मीठा गफमा मन्त्रमुग्ध पारेर क्षणभरमै सर्वसाधारणलाई धनी बनाउँछन् । त्यसपछि सर्वसाधारण पनि बचत गर्न हौसिन्छन् । धनी बन्ने सपना देख्छन् । गाईभैँसी, बाख्राकुखुरामा ऋण दिएर पैसा जम्मा पार्नेहरुले पनि हौस्याउँछन् ।
यहाँसम्म त ठीकै हो, तर जब बैंक बन्छ, जनताको अर्बौँ रकम बचत हुन्छ, कर्मचारीहरु पनि सयौँ भर्ती हुन्छन्, त्यसपछि प्रजातन्त्रको दुरुपयोग भनौँ या सदुपयोग, अनेक माग, चाहना, बदमासी ढाकछोप र ढाकछोपपछि पनि फेरि भागवण्डाको खेल हुन्छ । जब यस्तै खेल हुन्छ, त्यसपछि कयौँ वित्तीय संस्था डुबेका छन् । जनताको अर्बाैँ रकम डुब्छ । कहिले सुरुङ मार्ग बनाउने भनेर जनताको पैसा डुबाइन्छ । कहिले राम्रो घर दिने भनेर सर्वसाधारणको रकम हाउजिङहरुले ठग्छन् । यतिखेर चैँ, ‘घ’ वर्गको इजाजत प्राप्त वित्तीय संस्था नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड, धादिङ, गजुरीको कारोबार बन्द हुँदा ५३ जिल्लाको ७८ शाखा कार्यालय एवम् ८ वटा इकाइमार्फत संकलन भएको महिलाको चार अर्ब रुपैयाँ जोपखममा छ ।
‘घ’ वर्गको इजाजत प्राप्त वित्तीय संस्था नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड, धादिङ, गजुरीको कारोबार बन्द हुँदा करिब ४ अर्ब ५० करोड रुपैयाँ लगानी र विपन्न वर्गका करिब असी हजार महिलाको निक्षेप जोखिममा परेको छ । २० वटा भन्दा बढी वाणिज्य बैंकबाट साढे चार अर्ब रुपैयाँभन्दा बढी ऋण सापटी लिएको संस्थाले अरु संस्थालाई समेत जोखिममा पारेको छ ।
यसै विषयमा केन्द्रित रहेर जनता टेलिभिजनकाे चर्चित कार्यक्रम बाइलाइनले तयार पारेकाे भिडियाेः-
https://www.youtube.com/watch?v=NhOEpv3pT_4&t=828s&fbclid=IwAR1G4Kppt7Nb-uPHehpro3HS6XEGTSW-ZvNIPl6HSuLn-pLrSvjIUUBK2ZM